सन्दर्भ आप्रवासी कामदार दिवसः कोहि कतै ठगिनु नपरोस्

काठमाडौं, पुष ३-

आज अन्तराष्टिय आप्रवासी कामदार दिवस, नेपालसहित विभिन्न मुलुकहरुमा यो दिवस मनाईंदैछ । आप्रवासनको कारण विविध हुन सक्दछ । रोजगारीको अवशर, उचित शिक्षाको खोजि, असुरक्षाका कारण सुरक्षित स्थानमा प्रस्थान गर्नु लगायत आप्रवासनका कारण हुन्छन् । तर पनि रोजगारीको खोजी आप्रवासनमा जाने महतवपूर्ण कारण हो ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार संसारमा सन् २००० मा १७ करोड ५० लाख रहेको आप्रवासीको संख्या सन् २०१५ मा बढेर २४ करोड ४० लाख (अनुमानित) पुगेको छ । र, यसरी छरिएका मध्ये बहुसँख्यक युरोपमा छन् भनें एसियामा ७ करोड ५० लाख आप्रवासी रहेको अनुमान छ । यसमध्ये बहुसंख्यक आप्रवासी कामदार हुन् । उनीहरु मर्यादित रोजगारी र उन्नत जीवनको अपेक्षा सहित आप्रवासनमा जाने गर्दछन् । त्यसैले आप्रवासी कामदारको मुद्धा नेपालका लागि मात्र नभई विश्वका सवैजसो मुलुकहरुका लागि चासोको विषय हो ।

विश्वमा आप्रवासी कामदारको संख्यामा भएको बढोत्तरीले उनीहरुको अधिकारलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता बोध गर्दै संयुक्त राष्ट्र संघले सन् १९९० डिसेम्वर १८ का दिन आप्रवासी कामदार र तिनको परिवारका सदस्यहरुको अधिकार संरक्षण सम्वन्धि महासन्धि पारीत ग¥यो । सन् २०००डिसेम्वर ४ मा राष्ट्र संघको महासभाले संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारीत भएको दिन १८ डिसेम्वरलाई आप्रवासी कामदार दिवसका रुपमा मनाउने प्रस्ताव पारीत ग¥यो । तर यसअघि नै सन् १९९७ मा नै फिलिपिन्स लगायत अन्य केहि एसियाली देशका संस्थाहरुले डिसेम्वर १८ लाई आप्रवासी कामदार दिवसका रुपमा मनाउन थालिसकेका थिए । 

‘आफू नागरिक नरहेको राष्ट्रमा पाउने काममा लगाइन तयारी गरिएको, काममा लगाइएको/लागेको वा यसअघि त्यसरी काममा लगाइएको व्यक्तिलाई आप्रवासी कामदार भनिनेछ’ भनेर परिभाषित गरिएको सो महासन्धि पारीत भएको दिन अर्थात डिसेम्वर १८ लाई नै आधार मान्दै अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाउन थालिएको हो । नेपालमा साप्ताहिक रुपमा विविध कार्यक्रमहरु आयोजना गरेर सरकार र सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल गैरसरकारी संघसंस्थाहरुले यो दिवस मनाउँदै आएका छन् ।

यस दिवसलाई आप्रवासी कामदारको मानवअधिकारका बारेमा छलफल गर्ने, उनीहरुको अनुभव साटासाट गर्ने र उनीहरुको सुरक्षाको प्रत्याभूतिका लागि आवाज उठाउने दिनका रुपमा मनाइन्छ । यो दिवसले करोडौंको संख्यामा रहेका आप्रवासी कामदारले आफ्नो मुलुक र गन्तव्यमुलुकमा पु¥याएको योगदानको कदर गरेको मानिन्छ । त्यसैले आज तिनै आप्रवासी श्रमिकको अधिकारका विषयमा छलफल गर्दै, उनीहरुका पक्षमा आवाज उठाऔं । आप्रवासी कामदारको जीवन सुखी होस । उनीहरुको मर्यादित रोजगारीका लागि सवैले ऐक्यवद्धता जनाउनु र सोही अनुरुप आफ्नो व्यवहार निर्माण आजको दिनमा गर्नुपर्ने प्रण हो । सवैलाई आप्रवासी कामदार दिवसको शुभकामना ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय