युएईमा एनआरएनएको चुनावः बाजी कसले मार्ला ?

 

युएई- एनआरएनए युएईको अधिबेशन आज शुक्रबार (१५ सेप्टेम्बर)का दिन हुँदैछ । अधिबेशन हुने कि नहुने भन्ने अन्यौललाई चिर्दै निर्वाचन समितीले निर्वाचन प्रकृया अघी बढाईसकेको छ । २०१७-२०१९ कार्यकालको नयाँ कार्यसमितिको लागि अध्यक्ष पदमा रमेश श्रेष्ठ र शालिकराम सुबेदीले उम्मेद्वारी दर्ता गरेका छन् ।

अघिल्लो अधिबेशनमा दुई चिरामा बिभक्त ३ वटा संगठन नेपाली जनसम्पर्क समिती, प्रबासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्च यसपाली भने एक ठाउँमा आएका छन् । २०१५-२०१७ को कार्यकालमा अध्यक्ष पद नपाउँदा एनआरएन युएईलाई अघोशित बहिस्कार गरेको प्रबासी नेपाली मञ्चले यसपाली भने आफुले महासचिव पद लिएर जनसम्पर्क समिती निकट रमेश श्रेष्ठलाई अध्यक्षमा समर्थन गरेको छ । महासचिव पदमा प्रबासी नेपाली मञ्च निकट कृष्ण पौडेलले उम्मेद्बारी दिएका छन् । यसैगरी प्रबासीले उपाध्यक्ष पदमा नेत्र शर्मा, सचिवमा राजेश बोहोरा र महिला सञ्जालमा मोती राईलाई उम्मेद्वार बनाएको छ । २०१५-२०१७ मा अध्यक्ष पद जितेको नेपाली जनप्रगतिशिल मञ्चले यसपाली उपाध्यक्ष, सचिव र युवा सञ्जाल पदमा आफ्नो भाग लिएर सहमती गरेको छ । जनप्रगतिशिल मञ्चले उपाध्यक्षमा बालकृष्ण मरासिनी, सचिवमा मिल बहादुर गुरुङ र युवा सञ्जाल प्रतिनिधिमा नबिन पौडेललाई उम्मेद्बारी बनाएको छ । यद्दपी नबिन पौडेलको राजनीतिक धार र संगठन अहिलेसम्म खुलेको छैन ।

सदस्यहरुमा यी संगठनहरुले मिलेमतोमा भाग लगाएका छन् । आईसीसी सद्स्यमा चित्र बहादुर केसी र ठाकुर प्रसाद ढुङ्गानाले उम्मेद्वारी दर्ता गरेका छन् ।  चित्र बहादुर केसी नेपाली जनसम्पर्क समिति युएईका निबर्तमान अध्यक्ष हुन् । ठाकुर भने युएईका सर्बसाधरणका लागि नयाँ अनुहार हुन् । उनी ट्राभल्स ब्यवसायी हुन् ।

अर्को तर्फ शालिकराम सुबेदीको पक्षमा वर्तमान युवा सञ्जाल प्रतिनिधि निस्चल दाहालले महासचिवको लागि उम्मेद्बारी दिएका छन् । उनी जनसम्पर्क समिति निकट भए पनि स्वतन्त्र उम्मेद्वारको रुपमा उठेका छन् । उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ र नरेश सेन तथा कोषाध्यक्ष पदमा बालकृष्ण अधिकारीले सुबेदी निकट भएर उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी आईसीसी सदस्यको लागि सुबेदी पक्षबाट वर्तमान उपाध्यक्ष नेत्र थनेतले उम्मेद्बारी दर्ता गरे । 

२ जना आईसीसी सदस्य पदका लागि ३ जनाले उम्मेद्वारी दिए भने १० पदाधिकारीको लागि १५ र ११ कार्यसमिती सदस्य पदका लागि १८ जनाले उम्मेद्वारी दिएका छन् । 

श्रेष्ठलाई वर्तमान अध्यक्ष सुदिप कार्कीको समेत समर्थन रहेको छ । श्रेष्ठको टीमलाई संस्थापन पक्ष भनेर चिनिन थालिएको छ भने सुबेदीको पक्षलाई स्वतन्त्र भन्ने दाबी गर्न थालेका छन् । श्रेष्ठलाई नेपालका ३ ठुला दलहरु नेपाली काङ्रेस, एमाले र माओवादी केन्द्रका भातृ संगठनको समर्थन रहेको छ भने सुबेदीलाई नयाँ शक्ती निकट अन्तराष्ट्रिय नेपाली समाज, जनाजाती महासंघ र संघिय समाजबादी फोरम निकट संगठनको समर्थन रहेको छ । यद्दपी अहिले बजारमा एकातिर बहुदलिय टीम र अर्को तिर निर्दलिय टीम भन्ने हल्लाहरु पनि चल्न थालेका छन् । सामाजिक सञ्जालमा आलोचकहरुले साना दलहरु कसरी निर्दलिय भए भनेर खिल्ली समेत उडाएका छन् ।

श्रेष्ठ २०१५(२०१७ को कार्यकालमा उपाध्यक्ष बनेर काम गरिसकेका जुझारु उम्मेद्वार हुन् । आफुले २०१५(२०१७ को कार्यकालमा धेरै राम्रा काम गरेको र केही कामहरु पुरा गर्न बाँकी रहेकोले आफुले अध्यक्ष पद पाउनु पर्ने र स्वतः दाबी रहेको बताएका छन् । उनले आफुले राम्रो काम गरेको फल खान पाउनु पर्ने भन्दै एक अनलाइनलाई दिएको अन्तर्वाता निकै नै प्रख्यात भयो भने उनका बिरोधीहरुले फल खाने मात्रै हुन् काम गर्ने हैनन भनेर सामाजिक सञ्जालमा उनको कुराको खिल्ली उडाए ।

सुबेदी लामो समय देखी एनआरएनमा जोडीएका ब्यक्ती हुन् । केही बर्ष यता युएईमा हुनेगरेका सामाजिक कामहरुमा बिरलै उनलाई छुटाइन्छ । हरेक कार्यहरुमा उनको सहयोग र सहभागीता लोभलाग्दो हुन्छ । सधैं कती अरुलाई बोकिरहने, अब आँफै केही गरौ भनेर अध्यक्ष पदमा उम्मेद्वारी दिएको सुबेदीले बताउने गरेका छन् । उनले एनआरएन युएईको स्थापनाकाल देखी नै दाबेदारी गर्दै अरुलाई त्याग गर्ने गरेको कुरा जानकारहरु बताउँछन् । जस्तोसुकै सहयोग गर्नु परे पनि उनी पछाडि नहट्ने युएईमा लोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन् ।

जित्ने सम्भावना कस्तो ?

जानकारहरु श्रेष्ठको पक्षमा १७० भन्दा बढी पार्षद र सुबेदीको पक्षमा ११० भन्दा बढी पार्षदहरुको समर्थन रहेको दावी गर्छन् । सिधासिधी रुपमा चुनाव नै भयो भने श्रेष्ठ बलिया देखिन्छन । तर सुबेदी आफु राजनीतिक दलको दलदलबाट माथि उठेर समाजसेवा गर्ने भएकोले सबै राजनिती निकट पार्षदहरुको समर्थन रहनेमा ढुक्क छन् । सबै संगठन निकट रहेका ब्यक्तीहरुले आफुलाई माया गर्ने र भोट हाल्ने उनको बुझाई छ । उता श्रेष्ठले भने एक भोट पनि तलमाथी नहुने भन्दै सुबेदी आफु भन्दा अग्रज दाई रहेकोले आफुलाई काम गर्न दिएर सहयोग गर्नु पर्ने बताउने गरेका छन् । सुबेदी आईसीसी सदस्यमा गएर सहमती कायम गरिदिए राम्रो हुने बुझाई श्रेष्ठको रहेको छ । श्रेष्ठले सोचे जस्तो संगठनकै आधारमा भोट खसे उनको जित्ने आधार बलियो देखिन्छ । 

किन चाहियो एनआरएनए ? 

एनआरएनएमा जानु वास्तवमै समाजसेवा गर्न अग्रपँक्तिमा उभिनु हो । खाडी बिशेष गरी युएईमा पनि नेपालीहरुको समस्या धेरै छन् । एनआरएनमा हुने पैसा भनेको सदस्यताबाट संकलित पैसा नै हो, जुन बढीमा ५० हजार दिर्हाम सम्म बच्ने देखिन्छ । यो पैसाले केही त गर्न सकिएला तर उल्लेख्य काम भने गर्न सकिन्न । जस्तै श्रेष्ठले भने जस्तो ५० हजार दिर्हामले न नेपाली क्लब दर्ता गर्न सकिन्छ न त सुबेदीले भने जस्तो कुनै भवन नै निर्माण गर्न सकिन्छ । तर पनि सामाजिक प्रतिस्ठालाई एनआरएन युएईको अध्यक्ष पदलाई लिएको भने पक्कै हो । नेपाल सरकारले माया गरेको संगठन पनि हुनाले सरकारी स्तरमा पहुँच् र ईज्जत बढाउन एनआरएन सजिलो माध्यम भने हुनसक्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: