सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

 

काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि मारामार हुन्छ उनी भन्छन्, ‘जागिर खाएभन्दा यस्तै कामले मलाई सम्मान मिलेको

काम गरेर चिनजान बढ्दै गएपछि अहिले उनको कामको व्यस्तता बढेको आफुले काम गरेको ग्राहकहरुको सम्पर्क माध्यमबाट नयाँनयाँ घरमा काम पाउन थालिएको उनी बताउँछन् घरहरु ठेक्कामा लिएर काम गर्नेगरेको उनी बताउँछन्  

उनले हाउसवायरिङको काम सुरु गर्नुअघि बिजुलीको काम सम्बन्धि तीन महिने तालिम लिएका थिए तालिम पछि राष्ट्रिय सीप परिक्षण समितिबाट लेभल को प्रमाणपत्र लिएका छन् अहिले अनुभव बढ्दै गएपछि उनी आफ्नो वृत्तिविकासका लागि यो भन्दा माथिल्लो तहको तालिम लिँदैछन्

ललितपुर ग्वार्कोमा रहेको पीस प्राविधिक तालिम केन्द्रमा ईण्डष्ट्रीयल ईलेक्ट्रिसियनको तालिम लिँदै गरेका बाखु औद्योगिक क्षेत्र अपार्टमेन्टहरुको काम लिनका लागि माथिल्लो तहको तालिम आवश्यकता भएको बताउँछन् पहिले लिएको तालिमबाटसिङ्गल फेजको मात्र काम गर्न पाईने भएकाले उनले उद्योगको काममा हात हाल्न सकेका थिएनन् ईण्डष्ट्रीयल ईलेक्ट्रिसियनको तालिम पछिथ्री फेजसम्मको काम पाईने हुँदा आफ्नो कामको दायरा विस्तार हुनेमा उनी ढुक्क छन् अब तालिम पछि उद्योग अपार्टमेन्टमा आँफैले ठेक्का लिएर काम गर्ने योजनामा उनी छन् आफ्नो काममा केहि युवाहरुले समेत रोजगारी पाउने उनले बताए

उनीसँगै तालिम लिईरहेका मार्खू मकवानपुरका बद्रिकुमार नगरकोटी पनि हाउस वायरिङ्गको कामबाट राम्रो आम्दानी गर्छन् वृत्तिविकासका लागि थप तालिमको आवश्यकता परेकाले ईण्डष्ट्रीयल ईलेक्ट्रिसियनको तालिम लिएको उनी बताउँछन् उनीचाँही तीन बर्षको अनुभवका आधारमा लेभल मान्यता प्राप्त तालिम लिन आएका हुन्

बाखुको जस्तै उनी पनि आँफैले ठेक्का लिएर काम गर्ने योजनामा छन् अरुकोमा जागिर खाँदा राम्रो आम्दानी गर्न नसकिने भएकाले आफु स्वरोजगार हुन चाहेको उनले बताए पत्रकारीतामा स्नातक तह उत्तिर्ण गरेका नगरकोटीले राम्रो जागिर खोजी गर्दागर्दै केहि नलागेपछि बिजुलीको काममा हात हालेका थिए अहिले उनीलाई राम्रै काममा हात हालिएछ भन्ने लागेको  दिनमा सरदर चार सय आम्दानी गरिरहेका नगरकोटी तालिम पछि सुरुकै आम्दानी दोब्बर भन्दा बढी हुने बिश्वासमा छन् आफु सरहका धेरै साथीभाई विदेशमा भएको बताउँदै उनले आफुचाँही विदेश जाने सोचाईमा नरहेको बताए

ईण्डष्ट्रीयल ईलेक्ट्रिसियनलाई औद्योगिक बिद्युत जडान पनि भनिन्छ यो तालिम लिएका युवाको माग औद्योगिक क्षेत्रमा राम्रो रहेको तालिम केन्द्रका प्रशिक्षक मिलन बराईली बताउँछन् अहिले शहरमा ठुलाठुला भवन बन्ने क्रमले झन यस्ता कामदारको माग ह्वात्तै बढेको उनले जानकारी दिए नयाँ रोजगारी क्षेत्रका रुपमा हाइड्रोपावरले यस्तो सीप जानेका धेरै युवालाई रोजगारी सिर्जना गरिरहेको उनले बताए काठमाण्डुमा निर्माण भैरहेका अपार्टमेन्टले तालिम केन्द्रमैं आएर सीप जानेका युवा पठाईदिन आग्रह गर्नेगरेको उनले जानकारी दिए अझैपनि आवश्यकता अनुासर दक्ष कामदारको अभाव रहेकोले सीप जानेका युवाहरुले सजिलै काम पाउने उनले बताए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: