‘अव त भुलेर पनि विदेश आउँदिन’

क्वालालम्पुर- कोही नयाँ मान्छे भेट्न होस्टलमा पुग्नेबित्तिकै उनी भक्कानिन्छन् । आगन्तुकसँग खुलेर कुरा गर्न सक्दैनन् उनी । आँखाभरि आँसु पारेपछि आगन्तुकलाई आफ्नो अवस्थाबारे जानकारी दिन निकै गाह्रो हुन्छ उनलाई । उनी हुन्, मलेसियाको मलक्का राज्यमा पर्ने आयर कुन्नीमा कार्यरत अर्घाखाँची छुरावोखाका लोकनाथ बन्जाडे । दुर्घटनामा परेपछि उनी अहिले बैसाखीको भरमा यताउता गर्छन् ।

३ महिनाअघि कम्पनीमा कामकै सिलसिलामा बन्जाडे ट्र्याक्टर दुर्घटनामा परेका थिए । उनलाई ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो । दाहिने खुट्टामा ट्र्याक्टरको चक्का परेपछि घाइते बनेका उनले कुखुरा फार्ममा विगत ४ वर्षदेखि काम गर्दै आएका छन् । कुखुराका प्यारेन्टको फार्ममा कुखुरालाई दाना दिने, अन्डा टिप्ने, अन्डा ‘लोडु गर्नेलगायत काम बन्जाडेले गर्दै आएका छन् । दाना ‘अनलोड’ गर्ने क्रममा ट्र्याक्टर आफै चलेपछि उक्त दुर्घटना भएको हो ।

गत वर्षको डिसेम्बर १७ मा घाइते बनेका उनको दाहिने खुट्टामा गम्भीर चोट लागे पनि कम्पनीले उनलाई सामान्य क्लिनिकमा उपचार गराएर होस्टलमा फर्कायो । दुई दिनसम्म होस्टलमा रहँदा उनको खुट्टामा पीडा बढ्न थाल्यो । ‘त्यो बेला सहन सक्ने क्षमता भएनु, उनले भने, ‘खुट्टा सुन्निन थालेपछि मात्रै कम्पनीले अस्पताल पुर्‍यायो ।’ त्यसपछि भने उनी उपचारका क्रममा १ महिना मलक्का अस्पतालमै बसे । ‘दाहिने खुट्टाको घुँडामा गहिरो चोट लागेको रहेछ । अस्पताल बस्दासम्म निको होला भन्ने लागेको थियो, अहिले झन् गाह्रो भएको छु, उनले भने । बैसाखीको सहारामा होस्टलभित्र र बाहिर मात्र गर्ने बन्जाडेलाई उनीसँगै कार्यरत साथीले सहयोग गर्दै आएका छन् ।

बन्जाडेको उपचार पर्याप्त नहुँदा उनको घाउबाट पिप निस्कन थालेको छ । बेन्डेज गरेको खुट्टा चिलाउँछ । १ महिना अस्पताल बसेका उनको उपचारमा अहिले कम्पनी भने उति चिन्तित नभएको उनी बताउँछन् । १९ दिनदेखि कुनै औषधि खाएको छैन । मार्च १५ तारिखसम्म रहेको औषधि सकिएपछि उनलाई अब उपचार नै नपाएर खुट्टा बिग्रिएला कि भन्ने डर छ । अस्पतालको उपचारपछि कहिलेकाहीँ ‘ड्रेसिङु गर्न क्लिनिक लगेपछि अहिले उपचारमा त्यति ध्यान नदिँदा घर फकिन्नँ कि भन्ने उनलाई डर छ ।

कुराकनी गर्न आउने साथीसँग खुलेर कुरा गर्न पनि सक्दैनन् । बोलीपिच्छे अड्किन थाल्छन् अनि रुन्छन् । अस्पताल बस्दासम्म सँगै काम गर्ने नेपाली साथीले गरेको सहयोगले उनलाई बाँच्छु भन्ने आत्मविश्वास जगाउने मेलो बनेको थियो । तर अस्पतालमा कम्पनीले केही दिन सहयोग गर्न उनका साथीलाई राखे पनि पछि आवश्यक नभएको भन्दै फेरि काममै फर्काएको बन्जाडेको गुनासो छ ।

उनको पारिवारिक अवस्था पनि त्यति राम्रो छैन । चार वर्षमा एकपटक घर पुगेर फर्किएका हुन् बन्जाडे । ‘कम्पनीमा काम सजिलै थियो, त्यही भएर एकपटक छुट्टीमा गएर आएको थिएँ’, उनले भने । श्रीमती र आमा मात्रै घरमा छन् उनका । मलेसिया आउनुअघि मात्रै विवाह गरेका हुन् उनले ।

दुर्घटनापछि भने बन्जाडेलाई मलेसिया किन आएछु भन्ने भएको छ । ‘बेलाबेला यतै मर्छु कि जस्तो पनि हुन्छु, उनले गुनासो गरे । महिनाको ३० दिन नै काम हुने उनी कार्यरत फार्ममा बिहान ६ बजेदेखि १२ घन्टा काम गर्नुपर्छ । त्यति काम गर्दा १३-१४ सय रिंगेट मात्र कमाइ हुन्छ । फार्मबाट बजार पुग्न निकै समय लाग्छ । जंगलका बीचमा फार्म छ । ‘नजिकै भए आफैै उपचार गर्न जान्थें । सबै साथी काममै व्यस्त हुन्छन् । म बसेको होस्टलबाट बजारसम्म पुग्न पनि ट्याक्सीमा आधा घन्टाभन्दा बढी समय लाग्छ’, बन्जाडेले भने ।

दुर्घटना परेको खबर अस्पताल गएको तीन दिनपछि मात्रै परिवारमा भनेको उनले बताए । ‘ श्रीमती र आमाले घेरै चिन्ता गर्नुहुन्छ भनेरै सामान्य चोट लागेको हो भनेर घरमा सुनाएँ’, उनले भने, ‘निकै पीडा भए पनि किन अरूलाई चिन्तामा पार्नुजस्तो लाग्यो ।’

छिट्टै नेपाल गएर उपचार गर्न पाए खुट्टा गुम्ने थिएन कि भन्ने उनको आस छ । परिवारको आर्थिक अवस्था सुधार्न रोजगारीका लागि मलेसिया आएका बन्जाडे अहिले नेपाल कहिले फर्किन पाइएला भन्ने चिन्तामै दिनरात गनेर बसेका छन् । दुर्घटनामा परेर घाइते बनेको आफूलाई फर्काउन प्रयास गरिदिन उनको आग्रह छ । ‘अब घर गएरै केही गर्छु । भुलेर पनि विदेश आउदिनँ’, उनले भने ।

अन्नपूर्ण पोष्टबाट

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: