श्रीमान् विदेशमा, श्रीमति नेपालमा उद्यमी बन्दै 

 

रञ्जना लम्साल, नवलपरासी, चैत्र १३- 

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको डन्डा बजारबाट ९ किलोमिटर उत्तर गएपछि आउँछ देउराली गाविस । सोहि गाविसको २ नं वडामा ईतुमाया परियारको घर छ । घरको आडमा एउटा बाख्राको खोर छ । खोरमा उनका ७ वटा बाख्रा छन् ।

श्रीमान दान वहादुर परियार वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरव गएको दुई महिना भयो र त्यसभन्दा अगाडी उनी मलेशियामा तीनवर्ष काम गरेर फर्केका थिए । घर चलाउने पैसा कमाउन श्रीमान विदेश जानुपरेपछि घरव्यवहार ईतुमायाको काँधमा थियो । त्यहिबीचमा उनकै गाउँमा एउटा नयाँ कार्यक्रम सुरु भयो, बैदेशिक रोजगारीबाट भएको कमाईलाई कसरी सदुपयोग गर्ने भनेर सिकाउने । उनकै घरको आडमा रहेको बालकल्याण प्रा.वि.मा सुरु भएको बित्तीय साक्षरताको कक्षामा उनी सहभागि भइन् र नयाँ कुरा सिक्न थालिन् । कक्षामा वैदेशिक रोजगारीमा खाडी र मलेशिया पुगेका ब्यक्तिका परिवारका महिला सदस्यहरु सहभागी थिए जसले बिदेशबाट पठाएको पैसाको सदुपयोग गर्ने भनेर सिक्न थाले । 

कक्षामा सहभागी उनले विदेशबाट श्रीमानले पठाएको पैसाको सदुपयोग कसरी गर्ने, पारिवारीक बजेट कसरी बनाउने, बिदेशबाट आएको पैसालाई थप कमाई हुने ठाउँमा कसरी लगानी गर्ने भन्ने जानकारी पाउन थालिन । साथै श्रीमानले कमाएको पैसालाई बचत गर्न र परिवारको खर्च आफैले व्यवस्थापन गर्न आफुले पनि केहि गर्न सकिन्छ भन्ने उनलाई लाग्न थाल्यो । सो कक्षामा सहभागी भएपछि केहि गर्ने आँट आयो र उनले दुईवटा बाख्रा पाल्न शुरु गरिन् ।

बाख्रालाई घाँस खुवाउन बारी चाहियो । बाख्रा पालेपछि मलको खाँचो भएन । त्यसैले केहि जग्गा भाडा(बन्धकी) मा लिएर व्यवसाय बढाउने योजना बनाइन् उनले । त्यसैले उनले १० कठ्ठा खेत बन्धकीमा लिएर रोप्न थालिन् । धान अनि उव्जनी हुन थाल्यो र बाख्रालाई चाहिने घाँसको पनि खाँचो भएन उनलाई । आम्दानी हुन थालेपछि उनले दुईवटाबाट बढाएर ७ वटा बाख्रा पुर्याएकी छिन् । उनीजस्तै अरु केहि महिलाले व्यवसायमा यसरी नै हात हालेका छन् र आर्थिक उपार्जन गरिरहेका छन् । 

यसरी व्यवसायमा हात हालेमा महिलाले आर्थिक आम्दानी मात्र गरिरहेका छैनन् उनीहरुले आर्थिक हिसावकिताव पनि राम्रोसँग राख्न सक्ने भएका छन् । श्रीमानले पठाएको पैसा कहाँ लगानी भयो, कहाँ खर्च भयो उनीहरुले पूरै हिसाब किताब राखेकाले श्रीमान नेपाल फर्किदा उनीहरुको सम्बन्ध पनि राम्रो हुने गरेको वित्तीय सहजकर्ता यममाया सारुको भनाई छ । उनी भन्छिन्ः आफुले पठाएको रकम अनावश्यक ठाउँमा खर्च भएको छैन र सदुपयोग भएको थाहा भएपछि विदेशबाट श्रीमानले फोन गर्दापनि राम्रो ब्यबहार गरेको पाईन्छ । 

देउराली गाविश वडा नम्बर २ का वडा संयोजक श्याम प्रसाद लम्साल पछिल्लो समयमा श्रीमान् बैदेशिक रोजगारमा भएका महिलाहरुमा उद्यमशिलताको विकास भएको देख्छन् । यसले बैदेशिक रोजगारीमा जाने व्यक्तिको परिवारलाई दिर्घकालिन रुपमा फाइदा पुग्ने उनको बुझाई छ । यसले वारम्वार विदेशिने परम्पराको अन्त्य पनि हुने उनले विश्वास व्यक्त गरे । 

सामी परियोजना अन्तर्गत नवलपरासी जिल्लामा यसबर्ष १५ वटा वित्तिय साक्षरता कक्षाहरु सञ्चालनमा छन् । हरेक कक्षामा २५ जनाको हाराहारीमा स्थानीय महिलाहरुले खर्चको योजना, वचतको तरिका मात्र नभई उद्यमी हुने उपायहरु समेत सिकिरहेको सामीकी जिल्ला परियोजना संयोजक उमाकला शर्माको भनाई छ । 

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/ETD9rBxoaq4?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: