टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर क्षेत्र केन्द्रीय समन्वय समितिको अपिलमा मजुदर आन्दोलनमा उत्रेका हुन् । 

आन्दोलन अन्तर्गत पहिलो चरणमा गत फागुन ६ गते एक दिन देशभरीका डिपोहरुमा टैंकर मजदुरहरुले ईन्धन लोड अनलोड गरेनन् । यसैगरी भारतका विभिन्न डिपोहरुमा पनि नेपाली टैंकरहरुले ईन्धन लोड अनलोड गरेनन् । फागुन १४ गतेसम्म पनि माग पुरा नभए फागुन १५ गतेदेखि देशभरी अनिश्चितकालिन ईन्धन लोड अनलोड नगर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले जानकारी दिए । 

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ एकपक्षिय रुपमा ल्याउन लागेको भन्दै सो विनियमावलि संशोधनको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन आन्दोलनमा उत्रिएको हो । संगठनले यसअघि गत माघ ५ गते १५ बुँदे माग पेस गरेको थियो । निगमले माघ २५ गते छलफलका लागि बोलाए पनि समस्या समाधानमा गम्भिरता नदेखाएको संगठनका उपाध्यक्ष अर्यालले बताए । वार्ताको बहाना बनाएर अलमल्याउने र मजदुरहरु माथी शोषण गरिरहने पुरानै शैलीलाई निगम अधिकारीहरुले अवलम्बन गरेको अर्यालको भनाई छ । 

यस्ता छन् आन्दोनमा उत्रिएकाको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर क्षेत्र केन्द्रीय समन्वय समितिको मागहरुः 

१) पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ को दफा ४ को उपदफा (३) मा रहेको ५ वटा टेंकर हुनेले मात्रै ईन्धन ढुवानी गर्न पाउने, दफा १४ को उपदफा (२) मा रहेको १५ वर्ष पुगेको टेंकरले ईन्धन ढुवानी गर्न नपाउने, तथा दफा १५ को उपदफा (ज) मा रहेको ५१ लिटर ईन्धन अपुग भए १०२ लिटरको जरिवाना रकम तिर्नु पर्ने अर्थात दोव्बर जरिवाना तिर्नु पर्ने बुँदाहरु तत्काल खारेज गरिनु पर्दछ । 

२) मजदुरहरुको तलब भत्ता निर्धारण, नियुक्ति पत्रको व्यवस्था, पञ्जीकरण गरि सामाजिक सुरक्षाकोषको दायरामा ल्याउनु पर्दछ र त्यसको अनुगमन निगम मार्फत गरिनु पर्दछ । 

३) कतिपय डिपोहरुमा मिडलेवल टेम्प्रेचर लिने अवैज्ञानिक कार्यप्रति हाम्रो बिमति छ । मीडलेवल टेम्प्रेचर मापन गर्ने विधि र सामग्री वैज्ञानिक हुन जरुरी छ । विधि र सामग्रीको तयारी नभईन्जेलसम्म तल्लो सतहबाट टेम्प्रेचरलाई मापन गरी अप्रेसन कार्य सञ्चालन गर्ने साविककै विधिलाई निरन्तरता दिईनु पर्दछ । 

४) टेंकरमा लगिंग सिस्टम लागु गरेको छ त्यसको समर्थन गर्दछौं । लगिंग गरिसकेपछि ईन्धनको लस गेनको सम्पूर्ण जिम्मा नेपाल आयल निगमले लिनु पर्दछ । 

५) नेपाल आयल निगमको सबै डिपोमा पार्किङ, सौचालय र आराम गृहको व्यवस्था गरिनु पर्दछ । 

६) नेपाल आयल निगमको सबै डिपोमा बिहान ९ बजेबाट अप्रेसन कार्य सूचारु गर्ने व्यवस्था गरिनु पर्दछ । 

७) नेपाल आयल निगमका सबै डिपोहरुमा अघिल्लो दिन डिमाण्ड भौचर बुझी भोलिपल्ट डिमाण्ड पास गर्ने व्यवस्था गरिनु पर्दछ । 

८) भारतीय डिपोहरुमा प्रवेश गर्दा नेपाल आयल निगमको परिचयपत्रका आधारमा डिपो प्रवेश गर्न पाउने व्यवस्था मिलाई परिचयपत्र तथा विशेष अवस्थामा अस्थायी पासको व्यवस्था मिलाउनु पर्दछ । 

९) भारतीय आयलका सबै डिपोहरुमा ईन्धन लोड हुनेवित्तिकै प्रोडक्ट चलानी र भन्सारका लागि आवश्यक कागजात उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्दछ । 

१०) नेपाल आयल निगमको एउटा डिपोबाट अर्को डिपोमा स्टक ट्रान्फर गरेर ईन्धन पठाउँदा भर्टिकल टेंक भएका नभएका सबै डिपोमा क्त् भएका सबै टेंकरबाट टेम्प्रेचर चेक जाँच गरी प्राप्त हुने वर्किङ लस दिने व्यवस्था गरिनु पर्दछ । 

११) नेपाल आयल निगमको डिपोबाट विक्रेताको पम्पसम्म ईन्धन लैजाँदा टेम्प्रेचर दिने व्यवस्था गरिनु पर्दछ । 

१२) नेपाल आयल निगमका सबै डिपोमा आवश्यकता र क्षमताका आधारमा ल्फो मिटर जडान गर्ने काम गरिनु पर्दछ । 

१३) ईन्धन ढुवानीमा संलग्न मजदुरहरुमाथि भारतीय भूमिमा र नेपालमा पनि आक्रमण हुने गरेका छन । तसर्थ मजदुर र सम्पत्तिको सुरक्षा निमित्त विशेष सुरक्षा नीति र बीमाको व्यवस्था गरिनु पर्दछ । 

१४) भारतीय डिपोहरुमा ईन्धन लोड गर्दा ल्फो मिटरवाट ४०÷५० लिटरसम्म कम आउने गरेका कारण मजदुर समस्यामा परेका छन् भारतीय डिपोमा नेपाल आयल निगमको अधिकृत तहको कर्मचारी राखि लोड हुनु अघि ल्फो मिटर चेक गरी लोड गराउने व्यवस्था गरिनु पर्दछ । 

१५) नेपाल आयल निगमले ढुवानी सम्बन्धी नीति निर्माण गर्दा मजदुरहरुको सहभागितालाई अनिवार्य गरिनु पर्दछ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: