विदेशमा अंगभंग भएका र मृत्यु भएकाहरुलाई ८ बर्षमा १ अर्व 

काठमाडौं, फागुन २- वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु र अंगभंग दर रोक्न विशेष कार्यक्रम ल्याउन नसक्दा यसका लागि छुट्याइएको क्षतिपूर्ति रकमको भार पछिल्लो दुई वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

पछिल्लो आठ बर्षमा मात्र सरकारले विदेशमा मृत्यु भएका कामदारका लागि क्षतिपूर्तिवापत वितरण गरेको रकम झन्डै एक अर्ब रुपैया पुगेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि कल्याणकारी कोष, श्रम स्विकृति र बिमाको व्यवस्था अनिवार्य गरेको छ ।

तर मृत्यु र दुर्घटना न्यूनीकरण गर्न श्रमिककेन्द्रित सुरक्षाका ठोस कदम चाल्न नसक्दा क्षतिपूर्तिको रकम दोब्बरले वृद्धि भएको हो । मृत्यु, अंगभंग र रोजगारजन्य रोगको रोकथामभन्दा पनि सरकारले क्षतिपूर्तिमा ध्यान केन्द्रित गर्दा क्षतिपूर्ति रकमको भार सरकारलाई बढ्दै गइरहेको छ ।

विदेशमा रोजगारीको सिलसिलामा मृत्यु भएका नागरिकको क्षतिपूर्ति रकमको भार आर्थिक वर्ष २०७०र०७१ मा १३ करोडबाट गत आवमा बढेर २७ करोड रुपैयाँ पुगेको छ ।विगत ८ वर्षमा मात्र सरकारले रोजगारीका लागि विदेश गएका कामदारको क्षतिपूर्तिका लागि मात्र ९१ करोड ३८ लाख ५८ हजार रुपैयाँ वितरण गरिसकेको छ । यो क्षतिपूर्ति रकम ५ हजार नेपालीको मृत्यु र ५ सयभन्दा बढी अंगभंग र उपचारका लागि वितरण गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकमा उल्लेख छ ।

सरकारले विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपालीका लागि सुरुमा १ लाख रुपैयाँबाट क्षतिपूर्ति बढाएर २०६८ सालदेखि १ लाख ५० बनाएकोे थियो । हाल प्रदान गरिँदै आएको ३ लाख रुपैयाँ २०७० देखि वृद्धि हुन सकेको छैन । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले सरकारले मृतक र उपचारका लागि दिने आर्थिक सहायता वृद्धि गर्दै लगेका कारण क्षतिपूर्ति रकमको परिमाण समेत बढेको बताए । “हाल बोर्डको प्रयासमा कामदारले पाउने क्षतिपूर्ति रकम वृद्धि गरी सा लाख रुपैयाँ पु¥याउने प्रयास भइरहेको छ,” उनले भने “वैदेशिक रोजगार नियमावली संशोधनका लागि सरोकारवाला मन्त्रालयमा छलफलका क्रममा रहेको छ ।”

बोर्डले तयार गरेको वैदेशिक रोजगार नियमावलीकोे सो मस्यौदा फागुनभित्रै पारित हुने भएको उनले जानकारी दिएका छन् । बोर्डले क्षतिपूर्ति दावी गर्ने पीडित कामदार र उनीहरूका आफन्तलाई तोकिएको कागजातसहित क्षतिपूर्तिका लागि दावी गरेको दुई घण्टाभित्र रकम उपलब्ध गराउने नियम रहेको कार्यकारी निर्देशक काफ्लेले बताए । 

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: