
दोहा, माघ १८-
नयाँ श्रम ऐन लागु भएपछि एक्जिट पर्मिट सम्वन्धि परेका उजुरी मध्ये ७० प्रतिशत सुल्झाइएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । सो मन्त्रालय अन्तर्गत गठित एक्जिट पर्मिट सम्वन्धि विषय हेर्ने कमिटीले यस्तो जानकारी दिएको हो ।
गत डिसेम्वर १३ यता प्राप्त ४ सय ९८ त्यस्ता उजुरी मध्ये ७० प्रतिशत उजुरी सौहाद्रपूर्ण ढंगमा सुल्झाइएको सो कमिटीको जानकारी उधृत गर्दै कतारको सरकारी सञ्चार माध्यम पेनन्सुलाले समाचार लेखेको छ । उजुरी गत डिसेम्वर २० देखि जनवरी २५ भित्रको रहेको समाचारमा जनाइएको छ ।
प्राप्त उजुरीहरुका बारेमा रोजगारदाताहरुसँगको आपसी छलफलमा समस्या सुल्झाइएको मन्त्रालयले जनाएको छ । संशोधित कानून अनुरुप एक्जिट पर्मिट सम्वन्धि विवाद समाधानका लागि यस्तो कमिटी विभिन्न मन्त्रालय तथा राष्टिय मानव अधिकार समिति, कतारका प्रतिनिधि सम्मिलित गरी गठन गरिएको थियो ।
कमिटीको बैठक हरेक आइतवार तथा बुधवार बस्ने गरेको र हालसम्म १० पटक भन्दा बढी यस्तो बैठक बसिसकेको कमिटीका अध्यक्ष व्रिगेडियर सालिम सकर अल मरिकीलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।
प्राप्त निवेदन मध्ये २० जनालाई तत्काल कमिटीे एक्जिट पर्मिट उपलव्ध गराएको र २ सय ९६ जनालाई रोजगारदातासँगको छलफल पश्चात सहमतिमा एक्जिट पर्मिट उपलव्ध गराइएको थियो । १ सय ७७ वटा निवेदन अन्य सरोकार राख्ने निकायमा पठाइएको कमिटीले जनाएको छ । यसमध्ये १ सय ३८ वटा काम छोडेर भागेका, २द्द वटा अन्य रोजगारदातासँग काम गरिरहेका रहेको र ११ वटा मानव अधिकार समितिमा पठाइएको जनाइएको छ ।
आवेदक मध्ये ५ जनालाई भनें कतार छोड्न रोक लगाइएको छ । उनीहरु विरुद्ध संगिन प्रकृतिको अभियोग लागेको व्रिगेडियर अल मकरानीले जानकारी दिएका छन् । कामदारलाई आफ्ना रोजगारदाताले मुलुक छोड्न नदिएको अवस्थामा सो कमिटीमा उजुरी हाल्न पाइने सुविधा संशोधित श्रम कानूनले दिएको छ । यस्तो अवस्थामा तीन दिन भित्रमा यसको छिनोफानो गर्ने अधिकार सो कमिटीलाई छ । आफूलाई कमिटीको निर्णय चित्त नबुझेमा मन्त्रालयमा यसका विरुद्धमा १४ घण्टा भित्र उजुरी गर्न पाइने सुविधा समेत छ ।
पेनन्सुलामा यो समाचार मोहम्मद उसमानले लेखेका हुन् । अंग्रेजीमा सो समाचार यहाँ पढ्न सकिन्छ ।
http://thepeninsulaqatar.com/article/29/01/2017/Majority-of-complaints-on-exit-resolved
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}