श्रीमान् विदेशमा, श्रीमति नेपालमा कमाउँदै 

 

रञ्जना लम्साल, नवलपरासी, माघ ४- 

-‘श्रीमान् विदेशमा, श्रीमति अर्कैसँग’ 

– ‘श्रीमानले विदेशमा कमाएको रकम लिएर श्रीमति अर्कैसँग भागिन्’ 

– ‘श्रीमानले विदेशमा कमाएर पठाउन थालेपछि सदरमुकाममा डेरा लिएर बस्नेको संख्या बढ्यो’

यी केहि समाचारका ‘हेडलाइन्’ हुन् जसले बैदेशिक रोजगारमा गएका नेपालीलाई आफ्ना श्रीमतिहरु प्रति शंकाको भावना बढाउने मात्र होइन समग्रमा बैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमतिलाई हेर्ने सामाजिक दृष्टिकोण समेत त्यस्तै बन्दै गएको छ । पछिल्लो समयमा तथ्यका आधारमा भन्दा पनि यस्तै रे का खवरलाई पत्याएर महिलालाई हेर्ने दृष्टिकोण बदलिएको छ । तर खोजि हेर्ने हो भनें हाम्रो समाजमा नै श्रीमान् बैदेशिक रोजगार गएका महिलाले परिवारको आर्थिक, सामाजिक अवस्था उकास्न मनग्गे मेहनत गरिरहेको भेटिन्छन् । त्यस्तै उदाहरण हुन् नवलपरासीकी सन्ध्या महतो ।  

उनको घर नवलपरासीको कावासोती नगरपालिका १० मा छ । उनका श्रीमान वीर बहादुर महतो कुवेत गएको ७ बर्ष भयो । उनी कुकको काम गर्छन् । आम्दानी राम्रो छ उनको । शुरुमा ४० हजारको हाराहारीमा कमाउने गरेका उनी हाल महिनामा १ लाखको हाराहारी कमाउँछन् । 

वीरबहादुरले मज्जाले कमाएर पठाउन थालेपछि सन्ध्याका दिन सजिला भए । छोराछोरी पढायो, खाजा पनि नजिकैको पसलबाट मगाएर खायो, बस्यो । त्यसरी नै केहि बर्ष विते । वीरबहादुरले कमाएर पठाउने पैसा त्यसमै सकिन्थ्यो । यसरी नै चलिरहेको थियो जीवन । तर एकदिन अवस्था फेरियो । 

गाउँमा विदेश गएका व्यक्तिका परिवारलाई लक्षित गर्दै बित्तीय साक्षरताको कक्षा सुरु भयो । सोनिया पनि सो कक्षामा सहभागि भइन् । सो कक्षामा सहभागि भएपछि उनले आफ्नो आम्दानी कसरी चुहेर गइरहेको रहेछ भन्ने बल्ल बुझिन् र बचतको तरिका सिकिन् । त्यसपछि उनले आफ्नो बित्तिय लक्ष्य बनाउन थालिन् । आफुले गर्ने खर्चको हिसाव किताव गर्न थालिन । त्यसले उनको अनावश्यक खर्चमा कटौती हुँदै गयो । उनी भन्छिन् “कुरा बुझेपछि छोरीलाई टिफीन घरमै बनाएर पठाउने मात्र होईन आफुले खाने खाजा पनि पसलबाट ल्याउन बन्द गरें  ।”

कक्षा सञ्चालन भइरहँदा नै उनलाई आफुले पनि केहि गर्न सक्छु भन्ने आत्मविश्वास पलायो । त्यसपछि उनले आफ्नै घरमा पसल सुरु गर्ने योजना मात्र बनाइन् काम थालिहालिन् । 

२ लाख लगानीमा शुरु गरेको त्यो पसल आजभोली राम्रोसँग चलेको छ । श्रीमानले बिदेशमा बसेर कमाएको तलब बचत त भइहाल्यो, उनले खरखर्च सँगसँगै छोरीको पढाईको खर्च सबै आफैले शुरु गरेको पसलबाट पुरा गर्छिन । 

महिनाको ६ हजार बित्तीय संस्थामा बचत पनि गर्न थालेकी छन् । उनी भन्छीन श्रीमान श्रीमती कति छुटिृएर बस्ने ब्यवसायलाई अलि विस्तार गर्न पाए श्रीमानलाई नेपाल नै बोलाएर सँगै बस्ने ईच्छा छ । उनी भन्छिनः यदि बिदेशी भूमीमा बसेर गर्ने दुःख नेपालमा गरे नेपालमा पनि केहि गर्न सकिन्छ । सामी परियोजनाले सञ्चालन गरेको वित्तिय साक्षरताको कक्षा आफ्ना लागि बाटो देखाउने माध्यम भएको उनले बताइन् । 

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: