
दुवई -युएईमा एक नेपाली क्रेडिट कार्डमा ठगिमा परेका छन् । सेल्सको क्षेत्रमा कार्यरत उनले आफूले नचलाएको २८ हजार ८ सय दिरहम(नेरु ७ लाख ७७ हजार) रकम क्रेडिट कार्ड मार्फत चलाएको भन्दै वित्तिय संस्था (दुवई फस्र्ट)ले तिर्नुपर्ने भनेपछि उनी विलखवन्दमा परेका छन् ।
३९ बर्षिय सुरज गहतराजका अनुसार उनले गत सेप्टेम्वरमा थुप्रैवटा सन्देश मोवाइलमा प्राप्त गरेका थिए जहाँ शारजहाँको एक एटीएमबाट ५ पटक गरी २१ हजार दिरहम निकालिएको उल्लेख थियो । सेवा शुल्क तथा व्याज थपेर सो वित्तिय संस्थाले हाल गहतराजलाई २८ हजार ८ सय दिरहम तिर्नुपर्ने जानकारी गराएपछि उनी अप्ठ्यारोमा परेको समाचार गल्फ न्यूजले लेखेको छ ।
गहतराजका अनुसार उनले अर्को एक सन्देश पनि प्राप्त गरेका थिए जहाँ उनको खाताबाट अन्यत्रै रकम सार्न गरिएको प्रयास विफल भएको थियो । गहतराजले यसका बारेमा दुवई फस्र्ट लाई तत्काल जानकारी गराएका थिए ।
“त्यो समयमा म दुवईमा काममा थिएँ र कार्ड मसँग नै थियो । मलाई थाहा छैन, त्यो कसरी सम्भव भयो ? मेरो ड्युटी तालिका र सिसिटीभीको रेकर्ड हेरेर पनि यसको पुष्टि हुनसक्छ” गहतराजले भने ।
“महिनौं वित्यो केहि भएन, तर मेरो अनुरोधका बारेमा कुनै सुनुवाई भएन । सुरुमा दुवई फस्र्टका प्रतिनिधिले मलाई प्रहरीमा रिपोर्ट गरिरहनु जरुरी नभएको भन्दै आफूहरुले समस्या समाधानका लागि काम गरिरहेको बताए” गहतराजले भनेका छन् “तर पछि उनीहरुले मैले रकम तिर्नुपर्ने भन्दै लगातार दवाव दिन थाले ।”
रकम नतिरेको भन्दै सो वित्तिय संस्थाले उजुरी हालेपछि गहतराजको राहदानी प्रहरीले लगेको छ । गहतराजको सो घटना अदालत पुगेको समाचारमा जनाइएको छ ।
युएईमा १० बर्षदेखि कार्यरत गहतराजले आफू निर्दोष रहेको भन्दै न्याय दिलाइदिन अपिल गरेका छन् । दुवई फस्र्टले भनें आफूहरुको कुनै गल्ती नभएको र गहतराजकै कार्डबाट रकम निकालिएको दावी गरेको छ ।
यो पनि पढ्नुहोस्
ऋण लिएर धुर्मुुस सुुन्तलीलाई ५१ हजार सहयोग