विदेश पठाउँछु भन्दै चारलाख ठग्ने एजेण्ट ५ लाख तिर्न बाध्य 

चन्दनकुमार यादव, राजविराज 

सप्तरीमा तीनजना युवाले विदेश पठाइदिन्छु भनेर आफूलाई ठग्ने एजेण्टलाई व्याज सहित रकम फिर्ता गराएका छन् । चर्को रकम लिएर युवालाई विदेश पठाउँदै आएका स्थानीय एजेण्ट दिपेन्द्र देव  पैसा तिर्न बाध्य भएका हुन् । उनले तीन युवालाई ५ लाख ८ हजार फिर्ता गरे । 

पीडितहरुले आफूहरु ठगिमा परेको भन्दै रकम उठाइदिन सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, राजविराजमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा भएको छलफलमा एजेण्ट देव बैदेशिक रोजगारीमा पठाउन भन्दै लिएको पासपोर्ट र केहि रकम देवले फिर्ता गरेका हुन् । 

दुई वर्ष अगाडी मलेसियाको राम्रो कम्पनीमा काम लगाइदिने भन्दै देवले राजविराज ९ का रामकुमार दास, दिनेश सदा तथा सञ्जीव साहसँग चार लाख उठाएका थिए । उनीहरुले आफूहरुले साहुमहाजनसँग ५ प्रतिशत ब्याजमा लिएको रकम बताएका छन् । 

उनीहरुले एजेन्ट देवसँग प्रमाणको रुपमा २० लाख वरावरको कागज पनि गराएका थिए । यसैगरी समयमा बिदेश नपठाएमा सो रकमको ब्याज सहित तिर्ने एजेन्टले तिर्ने लिखित प्रमाण समेत राखेका थिए ।  

सोही प्रमाणसहित उनीहरुले सामी हेल्भेटासको सहयोगमा सवल नेपालद्धारा सञ्चालित सुचना तथा परार्मश केन्द्र राजबिराजमा निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि केन्द्रले एजेन्ट देवलाई दुई महिना देखि रकम र पासपोर्ट फिर्ता गर्न दवाव दिंदै आएको सवल नेपालका कार्यक्रम संयोजक अशोक साह बताउँछन् । 

छलफलकै क्रममा एजेण्ट देवले तिर्न कवुल गरेको ५ लाख ८ हजार मध्ये ३ लाख ५० हजार तत्काल दिएका छन् भनें बाँकी रकम एक महिना भित्र फिर्ता गर्नेगरी कागज गरेका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय