युएई- तपाई खाडीका मुलुकमा कार्यरत हुनुहुन्छ ? वा रमादानको समयमा खाडीका मुलुुकमा भ्रमणमा जाँदै हुनुहुन्छ की ? त्यसो हो भनें तपाई मुस्लिम धर्मावलम्वी नभएपनि केहि विषय तपाईले थाहा पाउनै पर्ने कुरा छन् । यदि ति विषयमा तपाई सचेत नभएमा कारवाहीमा पर्न सक्नुहुन्छ ।
रमादानको समयमा के गर्नुहुन्न ?
१. सार्वजनिक ठाउँमा खान, पिउन तथा चुरोट खानु हुन्न
उपवासको समयमा सार्वजनिक ठाउँमा खानु, पिउनु वा चुरोट खानु हुन्न । व्यक्तिगत गाडीमा समेत यस्तो काम गर्न वञ्चित छ । तर आफ्नो कोठाभित्र खान गैर मुस्लिमलाई कुनै वन्देज हुन्न । तर कुनै मुस्लिम धर्मावलम्वीहरुसँगको भेटघाटका क्रममा भनें आफ्नै कोठामा पनि खान बन्देज छ ।
२. लुगा कपडाको प्रयोग
मुस्लिम धर्मले अनुपयुक्त ठहर्याएका लुगा लगाउनु हुन्न । पारदर्शी, ज्यादै छोटा, कसिला लुगा लगाउन नहुने यसको अर्थ हो । यसमा मिनिस्कर्ट, बाहुला नभएका लुगाहरु त्था घुँडा भन्दा माथिका कपडाहरु पर्दछन् । यस्ता लुुगा लगाएर मल, होटल तथा रेष्टुराँमा समेत जान वर्जित हुन्छ ।
३. मनोरञ्जनको साधनको प्रयोग
मनोरञ्जनको साधनको प्रयोगमा पनि रमादानका समयमा सचेत हुनुपर्दछ । धेरैजसो ठाउँमा ठूलो आवाजमा गीतसंगीत बजाउन प्रतिवन्धित नै हुन्छ । सूर्यअस्तको समयमा अनावश्यक रुपमा गाडीमा आवतजावत नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
यसैगरी रमादानका समयमा सार्वजनिक ठाउँमा चुईंगम चपाउन पनि बन्देज हुन्छ ।
यो पनि पढ्नुहोस्
विचौलियासँग भिषा किन्ने मेनपावर खारेज गर्न माग