रियाल, रिंगिट, दिरहम र दिनारको मूल्य कति ?   

काठमाडौं, जेठ १४ – शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४४ पैसा र विक्रि दर २९ रुपैंयाँ ६१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७४ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ २६ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ४१ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ भन्दा माथि स्थीर जस्तै छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित तुल्याएको थियो । 

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ७६ पैसा छ । बहराइन दिनारको खरिददर २८४ रुपैंयाँ ३३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय