आप्रवासी कामदार र तिनका परिवारलाई तालिम

 

अशोक कुमार साह, राजविराज- आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका सदस्यहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । सामी हेल्भेटास नेपालको सहयोगमा सवल नेपालद्धारा सञ्चालित सो तालिममा केन्द्रका पदाधिकारीहरुको दायित्व तथा उनीहरुको नेतृत्व क्षमतालाई कसरी बृद्धि गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा कसरी नेतृत्वलाई बलियो बनाउने, नेतृत्वले ध्यान दिनुपर्ने कुराहरुलाई विभिन्न खेलहरुको माध्यमद्धारा प्रशिक्षण दिइएको थियो । 

बैदेशिक रोजगारीमा वददै गएको असुरक्षित तथा ठगिबाट जोगिनका लागी आप्रवासी हकहित केन्द्र मार्फत सचेत गर्दै विस्तार गरिने केन्द्रका अध्यक्ष जयविन्द कुमार सिंहले वताए । दुई दिने तालिममा पत्रकार सुनिल न्यौपाने, सामीका जिल्ला परियोजना संयोजक देव नारायण चौधरी तथा सबल नेपाल, सामी परियोजना संयोजक अशोक कुमार साहले सहजिकरण गरेका थिए । तालिममा जिल्लाका २५ जना सहभागी थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय