क्वालालम्पुर- नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले मलेसियाका कार्यकर्तासंग स्काइपमा कुराकानि गरेका छन् । नयाँ शक्ति के हो ? यसको आवश्यकता किन र भोलीको कार्यदिशा के भन्ने बारेमा जानकारी दिदै भट्टराईले झन्डै एक घण्टा कुराकानी गरे ।
सम्बाद्को क्रममा भट्टराईले विदेशमा सिकेको सीपलाई नेपालमा फर्किएर ब्यवहारमा उतार्न आग्रह गरे । नयाँ शक्तिमा आबद्ध हुन प्रवासमा भएका सबैसँग उनको आग्रह छ । विदेशमा आफ्नो श्रम बेचेर धेरै देश हामीले बनायौ, अब आफ्नै देश बनाउने समय भएकाले आउनुहोस देशलाई अगाडि बढाऔं, भट्टराइले भने ।
पुरानै बाटोबाट हिँडेर अगाडि बढ्न सकिन्न भन्दै भट्टराईले नयाँ विचार लिएर हिँडेमा नेपाललाई पनि मलेसिया र सिंगापुर जस्तै बनाउन धेरै समय नलाग्ने तर्क गरे । संयोजक डा. भट्टराइले कसैसंग दुश्मनी मोलेर होईन, भारत र चीन दुबैलाई मिलाएर नलेगेसम्म रास्ट्रले गति लिन नसक्ने जिकिर गरे ।
केहि महिना अगाडि मलेसियाका पुर्व प्रधानमन्त्रीसँगको भेटमा मलेसियाको विकाससम्वन्धी मोडलको वारेमा कुराकानी भएको वताउदै उनले आफु पनि आउदो जुलाई वा अगष्टसम्ममा मलेसियाको विकासको मोडल सम्बन्धि थप अध्यन गर्न आउने जानकारी दिए ।
आउदो जेठ २० गते हुन गैरहेको राष्ट्रिय भेलामा लाखौ कार्यकता उतारेर सामुहिक सपथग्रहण गराउने योजना भैरहेको पनि उनले सुनाए । मलेसियाबाट पनि धेरै भन्दा धेरै आउनुहोस स्वागत गर्न तयार छौ उनले आग्रह गरे ।
स्काइपमा नेपालबाट विदेश बिभाग प्रमुख नवराज सुबेदी तथा सदस्य शंकर भण्डारीले पनि नयाँ शक्तिको बारेमा प्रष्ट पारेका थिए । मलेसियामा रहेका कार्यकर्ताहरुले कतै नयाँ शक्ति पनि काम र व्यवहार भन्दा बाहिर गएर हिजो कै अवस्थामा आउने त होईन ? हामीले तपाईको विश्वासमा लागेर आज नयाँ शक्तिमा जोडिएका छौ भन्ने प्रश्नमा डा. भट्टराईले हिजोका गल्ति नदोहोरीने विस्वास दिलाए ।
सो छलफलमा नयाँ शक्तिका मलेसिया संयोजक भानुभक्त देवकोटा, नर बहादुर सुनार, धिरेन्द्र कोईराला, भीम लामीछाने, राज न्यौपाने लगायतले डा. बाबुराम भट्टराईलाई प्रश्न राखेका थिए । मलेसियामा संगठनलाई बलियो बनाउदै र सदस्यता बढाउँदै राष्ट्रिय भेलामा मलेसियाबाट धेरै प्रतिनिधि पठाईने मलेसिया संयोजक भानुभक्त देवकोटाले जानकारी दिए ।
