युएईमा नेपालीले गराए निःशुल्क स्वास्थ्य परिक्षण 

ओम प्रकाश पोखरेल, युएई- स्याङ्जा सहयोग समाज युएईको आयोजनामा अबुधाबीमा एकदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । 

गत मे २० शुक्रबारका दिन स्याङ्जा सहयोग समाज अबुधाबी क्षेत्रीय समितिले ओएसिस मेडिकल सेन्टर (अहलिया अस्पताल) को सहयोगमा मुसाफा आईक्याड क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको हो । 

उक्त शिबिरमा ८० जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको स्याङ्जा सहयोग समाजका केन्द्रिय सदस्य ओमकार पोखरेलले जानकरी गराए । शिबिरमा नेपाली सहीत भारतीय, बंगाली तथा पाकिस्तानी नागरिकले पनि निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । 

अबुधाबीमा धेरै श्रमिक रहने ठाउँंलाई ध्यानमा राखी मुसाफामा शिबिर संचालन गरिएको थियो । समाजले शिबिर संचालनका निमित्त अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष कमल शर्माको संयोजकत्वमा एक समिति गठन गरेको थियो । 

स्याङ्जा सहयोग समाज युएईका केन्द्रिय महासचिब ऋषि बश्याल र अबुधाबी क्षेत्रीय समितिका सदस्यहरुको बिशेष सक्रियतामा सम्पन्न भएको सो स्वास्थ्य शिबिरमा अहलिया अस्पतालका बरिष्ठ डा अरुणले नेपालीको लागि भविष्यमा पनि यस्तो खालको सहयोग गर्ने प्रतिबद्दता जाहेर गरे । अस्पतालले सेवाग्राहीलाई २० प्रतिशत छुट पाउने गरी १०० जनालाई डिस्काउन्ट कार्ड पनि वितरण गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय