
क्वालालम्पुर- मलेसियामा नेपालीलाई नै ठग्ने नेपाली दलालहरु अहिले फरार छन् । यहास्थित नेपाली राजदूतावासमा विभिन्न काम लिएर आउनेहरु माथि ठगी गर्नेहरु आजभोलि देखिन् छाडेका हुन् । रा
कतिपयलाई रकम सकिए पछि घर बाट थप रकम मगाएर फर्किन बाध्य पारेका पनि भेटिन्थे । कतिपय दलालहरु रकम लिएर सम्पर्कमै नआउने गरेको पनि स्वम पिडितहरु बनाउछन । दलालहरुले क्वालालम्पुरका बिभिन्न नेपाली रेष्टुरेण्टमा घर फर्कन खोज्नेलाइ राख्ने र अलपत्र पार्ने प्रक्रिया ब्यापक बनेको
कतिपय पिडितले दलालको पञ्जाबाट भागेर नेपाली राजदूतावासमा गई लिखित उजुरी दिएकाले त्यस्ता दलाललाई कार्बाहि गरि पिडितलाई नेपाल फर्काएको राजदूत डा. निरञ्जनमान सिं बस्न्यातले बताए । डा.बस्न्यातले राजदूतावास वरिपरि रहेर ठगि गर्ने कुनै पनि झोले दलालहरुलाई कार्बाहि गरी छाड्ने बताए । यस्ता झोले दलालहरुबाट सोझा नेपालीहरु ठगिएकाले आफुले यो सफा गर्ने बताउदै कसैले केहि प्रलोभनमा पारेको छ भने सिधै नेपाली राजदूतावासमा निबेदन दिन राजदूत डा. बस्न्यातले सबैमा आग्रह गरेका