नेपालीसँग साउदीले भिसा र टिकटको शुल्क लिंदैनः साउदी प्रतिनिधि 

काठमाडौं- नेपालका लागि साउदी अरेवियाका उपनियोग प्रमुख अदनान अलि अल्हुमिदीले साउदी अरवले कुनै पनि विदेशी कामदारसँग भिसा र टिकटको पैसा नलिने गरेको बताएका छन् । उनले भिसा शुल्क साउदीकै कम्पनीहरुले तिर्ने र हवाई टिकटको पैसा पनि नेपालका म्यानपावर कम्पनीहरुलाई पठाउने गरिएको दावी गरे ।  

राजधानीमा जिफन्टका प्रतिनिधिहरुसँगको छलफलका क्रममा अल्हुमिदीले नेपाली कामदारको सेवा, सुविधा तथा मृत्यु भएका कामदारको शव ल्याउने प्रकृयालाई सहज बनाउन प्रयत्न गरिने समेत बताए । जिफन्टका सचिव रमेश बडालका अनुसार भेटघाटमा नेपाली कामदारको तलव, सुविधा, रोजगारदाता फेर्न पाउने अवस्था लगायतका विषयमा छलफल भएको थियो । 

उपनियोग प्रमुख अल्हुमिदीले यस विषयमा आपसी सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए । सो भेटघाटमा जिफन्टका तर्फबाट सूर्य कुँवर तथा निशा बानियाँ पनि सहभागि थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय