बैदेशिक रोजगार बारेको जानकारी अव मोवाइलमा सहजै 

काठमाडौं- बैदेशिक रोजगारमा जाने नेपालीलाई प्रस्थानपूर्व नै उचित जानकारी उपलव्ध गराउने उद्धेश्यले तयार पारिएको मोवाइल एप सुरु भएको छ । शुभयात्रा नामको सो एपको बुधवार राजधानीमा आयोजित कार्यक्रममा श्रम तथा रोजगार मन्त्री दीपक बोहरा लगायतले शुभारम्भ गरे । 

एनआरएनए, द एसिया फाण्डेसन तथा योङ इनोभेसन्सले तयार पारेको सो एपको बेटा संस्करण सार्वजनिक गरिएको हो । सो एपमा नेपालीको मुख्य श्रम गन्तव्य साउदी अरेविया, कतार तथा मलेसियाका बारेमा जानकारी समेटिएको छ । यसैगरी आवश्यक जानकारीमूलक विषयहरुलाई प्रश्नोत्तर शैलीमा पनि राखिएको छ । नेपाली भाषामा राखिएका ति सामग्रीले बैदेशिक रोजगारमा जान चाहने तथा गन्तव्यमुलुकमा कार्यरत नेपालीलाई महत्वपूर्ण सहयोग मिल्ने अपेक्षा एप निर्माण गर्ने संस्थाहरुले राखेका छन् । 

एप सार्वजनिक समारोहमा बोल्दै श्रम तथा रोजगार मन्त्री दीपक बोहराले बहुसंख्यक नेपाली कामदारले प्रविधिका विषयमा धेरै जानकारी राख्न नसक्ने भएका कारण उनीहरुलाई यसले कसरी समेट्न सक्छ, ध्यान दिइनु पर्ने सुझाव दिए । श्रम तथा रोजगार मन्त्रालय यस्तो प्रविधिको पहुँच बढाउन साझेदारीका लागि तयार रहेको भन्दै त्यसको सुझाव दिन मन्त्री बोहराले आग्रह गरे । उनले शुभयात्रा एपले बैदेशिक रोजगारीमा जाने व्यक्तिलाई महत्वपूर्ण जानकारी दिनसक्ने धारणा राखे ।   

एन्ड्रोइड सिस्टमलाई लक्षित गर्दै तयार गरिएको सो एप गुगल प्लेस्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय