मलेसियाले फेरी विदेशी कामदार लिन्छः उपप्रधानमन्त्री

क्वालालम्पुर, बैशाख १७- मलेसियाले छिट्टै आप्रवासी कामदार ल्याउने भएको छ । गत फेब्रुवरी महिनाको मध्यतिर यहाँको सरकारले आप्रवासी कामदार तत्काल नल्याउने भनी घोषणा गरेको थियो । मलेसियामा पछिल्लो समय कामदारको ब्यापक अभाव हुन थालेपछि सरकारले आप्रवासी कामदार ल्याउने मनस्थिती बनाएको हो । 

मलेसिया रिटेल चेन एसोसियसनको कार्यक्रममा बोल्दै मलेसियाका उपप्रधान तथा गृहमन्त्रि दातुक सेरी जाहीद हमादीले अव छिट्टै आप्रवासी कामदार ल्याईने बताएको स्थानीय सञ्चामाध्यमले खबर छापेका छन् । 

कामदारप्रति राम्रो व्यवहार नगरेको आरोप लाग्ने गरेको मलेसियामा पछिल्लो समयमा स्वयं सरकार नै आप्रवासी कामदारसम्वन्धि नीतिमा द्धिविधामा पर्ने गरेको देखिएको छ । केहि समय अगाडी नेपालले निःशुल्क भिसा र टिकटमा मात्र कामदार पठाउने नीति ल्याए लगत्तै बंगलादेशबाट तीन बर्षभित्रमा १५ लाख कामदार ल्याउने योजना बनाएको मलेसिया सरकारले लगत्तै त्यो निर्णय स्थगन गरेको थियो । त्यसपछि मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारलाई बैधानिक हुने वा स्वदेश फर्किने योजना कार्यान्वयनमा ल्याएको यहाँको सरकारले कुनै पनि देशबाट कामदार नलिने नीति अगाडी सारेको थियो । 

अघिल्लो बर्षसम्म नेपालीका लागि मुख्य श्रम गन्तव्य देखिएको मलेसिया पछिल्लो ८ महिनामा तेश्रो श्रम गन्तव्य मुलुकमा झरिसकेको छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय