
काठमाडौ -वैदेशिक रोजगारीमा हुने ठगीविरुद्ध चारवटा सरकारी निकायले म्यानपावर एजेन्सीमाथि कारबाही सुरु गरेपछि म्यानपावर सञ्चालकले पीडित कामदारलाई क्षतिपूर्ति दिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, वैदेशिक रोजगार विभाग र राजस्व अनुसन्धान विभाग नक्कली कागजात बनाएर कामदार ठग्ने तथा राजस्व छल्ने म्यानपावरलाई कारबाही गर्न सक्रिय छन् ।
अख्तियारले प्रहरी र विभागलाई ठगीविरुद्ध ‘स्टिङ अपरेसन’ चलाउन निर्देशन दिँदै आएको छ । यसले गर्दा म्यानपावर एजेन्सी त्रस्त भएका छन् । “ठगी गर्ने म्यानपावरविरुद्ध सरकारका सबै निकायले कारबाही अभियान चलाइरहेका छन्, कारबाही पनि भइरहेको छ,” वैदेशिक रोजगार विभागका उजुरी तथा अनुसन्धान विभाग निर्देशक गोविन्द उपाध्यायले भने, “कारबाहीमा पर्ने डरले उजुरी पर्नेबित्तिकै म्यानपावरले फछ्र्योट गर्न थालेका छन् । यसले कामदारलाई फाइदा नै पुगेको छ ।”
पीडितले उजुरी गरेपछि विभागले म्यानपावर एजेन्सीलाई एक साताको समय दिई उपस्थित हुन पत्राचार गर्छ । पहिलेपहिले अटेर गर्ने व्यवसायी अहलिे तोकिएको समयमै उपस्थित हुन थालेको विभागले जनाएको छ । अख्तियारले नक्कली कागजातका आधारमा नेपाली कामदार विदेश पठाएको भन्दै १८ म्यानपावर एजेन्सीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । यीसहित ६५ एजेन्सीलाई पनि वैदेशिक रोजगार ऐनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ ।
विभागले सय म्यानपावर एजेन्सीको अनुगमन गरी फाइल नियन्त्रणमा लिएको छ । एक महिनाअघिमात्र प्रहरीले १८ वटा म्यानपावर एजेन्सी छापा मारी सञ्चालकलाई पक्राउ गरेको थियो । राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गरेको आरोपमा ५ म्यानपावरको कागज नियन्त्रणमा लिएको छ । प्रहरीले म्यानपावर एजेन्सीले कामदारको उजुरी फछ्र्योट नगरेको आधारमै छापा मारेको थियो । यसबाट पनि म्यानपावर एजेन्सी सचेत हुन थालेका छन् । विभागले पनि विगतका ५ हजार उजुरी फछ्र्योट सुरु गरिसकेको छ । अब उजुरीको चाङ घटेर जाने विभागले जनाएको छ ।
कारोवारबाट