म्यानपावर व्यवसायी भन्छन् कहिँ नभएको जात्रा हाम्रो नेपालमा 

काठमाडौं, बैशाख ७- नेपालमा फ्रीभिसा, फ्रीटिकटको पक्षमा दवावमूलक अभियान सञ्चालन गरिएपछि बैदेशक रोजगार व्यवसायीहरु आक्रोशित भएका छन् । उनीहरुले यो अभियान अनावश्यक रहेको भन्दै यसले नेपालको बैदेशिक रोजगारीको अवशरलाई ध्वस्त बनाउने तर्क गरेका छन् । 

यसै सन्दर्भमा एकजना व्यवसायी दिपक आचार्यले देशपरदेश डटकमको फेसबुक पेजमा व्यक्त गरेको विचार जस्ताको तस्तै : 

“सरकारले आफूले ९९ रुपैयामा बेच्दै आएको पट्रोल अरुलाई १३० मा बेच भन्ने त्यस्तै भष्ट्राचार गरेर अदातलतले दोषी ठहर्याएका ब्यक्तिले जेल रोज्न पाउने हाम्रो देशमा विद्यार्थीको शैक्षिक शुल्क अभिभावकले तोक्ने रे अनि सरकारलाई श्रम सम्झौता गर भन्दा गर्न पनि नसक्ने र निजी क्षेत्रले आफैं बजार प्रबद्र्धन गरी लाखौँ बेरोजगार युवालाई बैदेशिक रोजगारको अवसर दिएर देशकै अर्थतन्त्र धानेको यो ब्यवसायलाई नै ध्वस्त बनाउने गरी डलरका खेती गर्नेहरु कसरी यसका सरोकारवाला संस्था भए ? बिदेश जाने लागत खर्च कामदार तोक्ने रे ।

उसोभए अब देखी, बैंकको ब्याज ऋणीले तोकेभयो, गाडीको भाडा यात्रुले तोकेभयो ।  होटलको रुम चार्ज गेष्टले तोकेभयो । डाक्टरको फि बिरामीले तोकेभयो । कर्मचारीको तलब जनताले तोकेभयो । घरभाडा डेरावालाले तोकेभयो । खाद्यान्य तथा तरकारीको मूल्य उपभोक्ताले तोक्ने ब्यवस्था पनि यिनै सरोकारवालाहरुले मिलाईदिए कति राम्रो हुन्थ्योहोला । यिनीहरुको डलर आफैँ तोकेहुन्छ हामीलाई कुनै आपत्ति भएन ।”

तपाईको विचार लेख्नुहोस्

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय