युएई । नेपाली साँगितिक क्षेत्रका चर्चीत गायक प्रमोद खरेल आगामी अप्रिल २२ तारिक शुक्रबारका दिन युएईको अलऐनमा आयोजना हुन गईरहेको ूनयाँ वर्ष शुभकामना साँझू च्यारिटी कार्यक्रमको लागि युएई आउने भएका छन । ूओई झुमा ओई झुमा झुमा झुम्का वालीू बोलको उनको गीत नेपाली साँगितिक बजारमा अहिले निकै नै हीट भएको छ ।
अलऐनको सिटी सिजन होटल छेउमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गायक प्रमोद खरेल सँगै गायिका साहिमा श्रेष्ठ, हास्यकलाकार विल्सन विक्रम राई ‘तक्मे बुडो’,लोकगायक याम थापा, शान्ति श्री परियार, निर्देशक प्रकाश भट्ट लगायतका कलाकारहरुका टोली युएई आउने भएका छन ।
नयाँ वर्ष २०७३ को अवसरमा एनआरएनए यूएईको अलऐन क्षेत्रीय कमिटीले आयोजना गरेको उक्त कार्यक्रमबाट प्राप्त मुनाफा भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोक, बतासे(४ मा रहेको कालिकादेवी उच्च माविको पुननिर्माणमा खर्च गरिने एनआरएनए, अलऐनका सचिव जे सागरले बताए । गत बर्ष बैशाखमा गएको भुकम्पले सबै भन्दा क्षतिग्रस्त बनेको जिल्ला मध्ये सिन्धुपाल्चोक एक हो ।
कार्यक्रमको सम्पुर्ण तयारी सकिसकेको जानकारी दिदै जे सागरले देश पुनर्निमाणमा एक इट्टा थप्ने प्रयासलाई उपस्थिती जनाएर साथ दिन सम्पूर्ण युएईबासी लाई अनुरोध समेत गरेका छन ।