‘राज्यले हेरेन’

काठमाडौं, बैशाख ५

जोखिम मोलेर पर्वतारोहणको काम गर्ने श्रमिकहरु विभिन्न दुर्घटनामा परेर मृत्यु हुँदा उनीहरुका परिवारलाई सहयोग गर्न सरकारले उचित ध्यान नदिएको सम्वन्धित क्षेत्रमा कार्यरतहरुले गुनासो गरेका छन् । उनीहरुले १७, १८ जनाको मृत्यु भएका घटनामा समेत उचित सम्वोधन नगरिएको गुनासो गरे । 

९ पटक सफल रुपमा सगरमाथा आरोहण गरेका दोर्जे खत्रीको स्मृतिमा नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टीङ मजदुर यूनियन(यूनिट्राभ) द्धारा आयोजित सभाका वक्ताहरुले आरोहणको जोखिमलाई कम गर्न सकिने उपायका बारेमा पनि ध्यान दिइनुपर्ने बताए । 

स्मृति सभामा बोल्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का महासचिव विष्णु लम्सालले खत्रीले आफूलाईसँगै जिफन्ट र यूनिट्राभलाई पनि संसारमा चिनाएको बताए । उनले मान्छेले जीवनकालमा आफ्नो मात्र उचाइ बढाउने काम गर्ने भन्दै खत्रीले संस्थालाई पनि चिनाएको बताए । खत्रीले सगरमाथामा यूनिट्राभ, जिफन्टसँगै आइटयूसीको झण्डा समेत फहराएको स्मरण गर्दै त्यहि कारण आइटीयूसीले खत्रीको नाममा साहसिक पुरस्कार समेत स्थापना गरेको बताए । यसले जिफन्ट र सम्पूर्ण नेपाली श्रमिकलाई गौरवान्वित बनाएको उनको भनाई थियो । 

प्रमुख अतिथिका रुपमा बोल्दै लम्सालले आगामी दिनमा पर्वतारोहणलाई सुरक्षित बनाउन सवै मिलेर आगाडी बढ्न आग्रह गरे । उनले पर्वतारोहीका लागि आवश्यक उपकरण, मौषमको पूर्वानुमान गर्ने राम्रो यन्त्रको व्यवस्था हुन सके अहिले भइरहेको श्रमिकको ज्यान गुमाउने दरलाई घटाउन सकिने धारणा राखे । त्यसका लागि महासंघले सम्वन्धित निकायमा लविङ गर्ने उनको भनाई थियो । 

सो अवशरमा बोल्दै नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले आगामी बर्षदेखि बैशाख ५ गतेलाई आरोहि स्मृति दिवसका रुपमा मनाउन आफूले पहल गर्ने बताए । उनले दोर्जे खत्री जस्ता व्यक्ति नेपाललाई आवश्यक रहेको भन्दै पर्वतारोहणका क्रममा भइरहेको मानविय क्षतिलाई क मगर्न ध्यान केन्द्रीत रहेको धारणा राखे । 

सो अवशरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले संघको तर्फबाट आरोहणका क्रममा ज्यान गुमाएका आरोहिका ५९ जना छोराछोरीहरुलाई पढ्न आर्थिक सहयोग गर्ने काम भइरहेको बताए । उनले यसले आरोहणका क्रममा ज्यान गुमाएका श्रमिकका बालबालिकाले बीचमै पढाई छोड्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै यसलाई अझ बृद्धि गरिने धारणा राखे । हाल संघमा २ करोडको कोष बनाइएको भन्दै आफ्नै कार्यकालमा त्यसलाई दोव्वर गर्ने लक्ष्य रहेको शेर्पाको भनाई थियो । 

उनले सरदर ४५ बर्ष उमेर पुगेपछि कुनै पनि आरोहिले कामलाई निरन्तरता दिन नसक्ने भन्दै त्यस्ता आरोहिलाई राज्यले पनि पेन्सन लगायतका कुनै व्यवस्था नगर्ने भएका कारण समस्या रहेको बताए । 

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै यूनिट्राभका महासचिव सुमन पराजुलीले खत्री जस्तो कुशल व्यक्ति उत्पादन गर्न २० बर्ष लाग्ने बताए । उनले आरोहीहरुको मृत्यु भइरहँदा पनि राज्यले उचित ध्यान नदिनु दुःखको कुरा भएको बताए । सो अवशरमा यूनिट्राभका अध्यक्ष श्यामकुमार राईले खत्रीलाई गुमाएको दिन सम्झिंदा अहिले पनि आफूलाई असहज महशुश हुने गरेको बताए । खत्री नेपाली ट्रेड यूनियनको आन्दोलनमा सम्झिरहने नाम भएको भन्दै राईले यस्ता व्यक्तिको सम्मानमा राज्यले ध्यान दिनुपर्ने धारणा राखे । 

यूनिट्राभका उपाध्यक्ष समेत रहेका खत्री सहित १६ जना श्रमिकको सगरमाथा आरोहणका क्रममा २०७१ बैशाख ५ गते हिमपहिरोमा परी निधन भएको थियो । यसैगरी सोही क्रममा दुईजना हराइरहेका छन् ।      

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय