बैदेशिक रोजगारी बारे गाउँमा जनचेतना जगाउँदै कलाकार 

सागरविक्रम बस्नेत, रामेछाप, चैत्र २६

जिल्लाबाट बैदेशिक रोजगारीमा जानेहरुको संख्या बृद्धि भएसँगै उनीहरुलाई सजग गराउने उद्धेश्यले जिल्लाका १६ गाविसमा सडक नाटक सम्पन्न भएको छ । नाटकमा बैदेशिक रोजगारीले समाजमा पारेको प्रत्यक्ष तथा अप्रत्यक्ष असर, बैदेशिक रोजगारीमा बिदेशिने युवाहरुको बुझाई र सुचना तथा परामर्श केन्द्रका माध्ययबाट उपलब्ध गराउनेसेवालाई कार्यक्रमको बिषयवस्तु बनाईएको थियो । 

गत चैत १० गते सुरु भएको सडक नाटक रामेछापका फुलासी, डडुवा, दोरम्बा, टोकरपुर, खाँडादेवि, दिमीपोखरी, हिलेदेवि, बेथान, खनियापानी, राकाथुम, मजुवा, भिरपानी, पकरवास, गागलभदौरे, भटौली, चिसापानी र मन्थलीमा नाटक प्रदर्शन गरिएको थियो । 

नाटकका लागि हेल्भेटास स्वीसईन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना (सामी), सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चारघरे सेवा समिति रामपुर रामेछापको आयोजनामा नाटक प्रदर्शन गरिएको थियो ।

शिल्पीकला केन्द्र बत्तिसपुतली, काठमाडौंबाट प्रशिक्षण दिइएका कलाकारहरुले गत बर्ष पनि यसरी नै विभिन्न गाविसहरुमा पुगेर नाटक प्रदर्शन गरेका थिए । नाटक हेरेपश्चात गाउँलेहरुले यसले बैदेशिक रोजगारका बारेमा सजिलो तरिकाले कुरा बुझिएको लामो समयसम्म कुवेत र कतारमा कमा गरेर फर्केकी ज्योति तामाङले बताइन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय