धनुषामा फ्रिभिसा, फ्रिटिकटको पक्षमा र्याली र हस्ताक्षर अभियान(तस्वीरहरु) 

धनुषा, चैत्र २०- देशमै सवैभन्दा धेरै व्यक्ति बैदेशिक रोजगारी जाने गरेको जिल्ला धनुषामा फ्रिभिसा, फ्रिटिकटको प्रभावकारी कार्यान्वयनका लागि दवाव दिने उद्धेश्यले र्याली आयोजना गरिएको छ । र्यालीमा बैदेशिक रोजगारीबाट फर्केकाहरु र आप्रवासी कामदारका परिवार सहभागि थिए । 

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, धनुषाको अगुवाइमा भएको सो र्यालीमा सयौं व्यक्ति सहभागि थिए । उनीहरुले फ्रिभिसा, फ्रिटिकटको पक्षमा नारा पनि लगाएका थिए । र्याली सुरु हुनु अगाडी जनक चौकमा आयोजित सभामा केन्द्रकी कोषाध्यक्ष कौशिला महतोले सरकार सो निर्णयबाट पछि हट्न नहुने भन्दै आफूहरु खवरदारीमा उत्रिएको बताइन्् । 

जनकचौकबाट भानुचौक हुँदै जिल्ला प्रशासन कार्यालयको परिसरमा उनीहरु पुगेका थिए । त्यहाँ केहि समय उनीहरुले नारावाजी पनि गरेका थिए । सो स्थानमा केन्द्रका उपाध्यक्ष बिकास यादवले आफूहरु अव आन्दोलनमा उत्रिएको भन्दै म्यानपावर व्यवसायीहरुको नाजायज माग पुरा हुन नदिइने बताए । 

फ्रिभिसा, फ्रिटिकटको पक्षमा गरिएको ५ हजार व्यक्तिको हस्ताक्षर तथा ज्ञापनपत्र केन्द्रका तर्फबाट धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत श्रम तथा रोजगार मन्त्रालयलाई पठाइएको थियो । सो कार्यक्रमका बारेमा जिल्लाका विभिन्न रेडियोहरु तथा टेलिभिजनले महत्वका साथ प्रशारण गरेका थिए । 

देश परदेश डटकमले अघिल्लो सातादेखि म कामदारको पक्षमा भन्ने अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा देशविदेशबाट सयौं व्यक्तिले कामदारको पक्षमा तथा फ्रिभिसा, फ्रिटिकटको निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सन्देशमुलक तस्वीरहरु पठाइरहेका छन् ।  

हेर्नुहोस् धनुषाका केहि तस्वीरहरु, तस्वीर सौजन्यः देवनारायण मण्डल 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय