ईनरुवा, चैत्र १९ – सुनसरीमा जिल्लास्तरिय आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन भएको छ । जिल्लाका २० वटा भन्दा बढी गाउँविकास समिति र ४ वटा नगरपालिकाका ४९ जना बैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र बैदेशिक रोजागारीमा गएका व्यक्तिका परिवारको उपस्थीतिमा केन्द्र गठन गरिएको हो ।
केन्द्र गठनसँगै पत्रकार सम्मेलन आयोजना गरिएको थियो । यसैगरी आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुका तर्फबाट जिल्ला प्रशासन कार्यालय मार्फत श्रम तथा रोजगार मन्त्रालयलाई ज्ञापनपत्र पठाइयो ।
उनीहरुले प्रहरीले ठग म्यानपावर कम्पनीहरुलाई गरेको अनुसन्धान र पक्राउको स्वागत गरेका थिए । सो कार्यको प्रशंसा गर्दै उनीहरुले जिल्ला प्रहरी कार्यालय मार्फत सम्पूर्ण प्रहरी संगठनलाई धन्यवाद दिएका थिए । सो अवशरमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले आफूहरु सदैव कामदारको पक्षमा रहेको र उनीहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।