विराटनगर, चैत्र ७- ‘बेष्ट ट्रेड युनियनिष्ट अफ द ईयर २०७१’ को पुरस्कार नारायणबाबु कार्कीलाई प्रदान गरिएको छ । कार्की, नेपाल ट्रेड युनियन काँग्रेस, पूर्वाञ्चल क्षेत्रीय समितिका अध्यक्ष हुन् । उनलाई नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले प्रदान गरिन् । पुरस्कारको राशी १० हजार २५ रुपैंयाँ रहेको छ ।
कार्कीलाई बैदेशीक रोजगारीमा जाने नेपालीले भोगेको पिडा र त्यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा २०७१ सालमा अन्तहिन यात्रा नामक नाटक लेखेर, नाटयकर्मि विशाल पोखरेलको निर्देशनमा बिराटनगरमा मञ्चन समेत गराई ट्रेड युनियन शिक्षाको क्षेत्रमा नविनतम प्रयोग गरेकोमा पुरस्कृत गरिएको जनाइएको छ ।
यसैगरी बेस्ट ट्रेड युनियन अफ द इयर २०७१ को पुरस्कार नेपाल ट्रेड युनियन काँगे्रससँग आवद्ध नेपाल यातायात मजदूर संघ, बाग्लुड जिल्ला समितिलाई प्रदान गर्ने घोषणा गरियो । सो पुरस्कार बाग्लुडमै गएर प्रदान गरिने पुरस्कार कोषका संस्थापक सूर्य नेपालले बताए । पुरस्कारको राशि १० हजार २५ रुपैंयाँ र सम्मान पत्र रहेको छ ।
पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको ट्रेड युनियन आन्दोलन र राजनीतिक आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको योगदानलाई यस्ता पुरस्कार ले अविष्मरणीय बनाउने बताइन् । सो कार्यक्रममा अशोक कोइराला, डिक बहादूर लिम्बु, पुष्कर आचार्य, पुरस्कारका संस्थापक सूर्य नेपाल, पुरस्कृत नारायणबाबु कार्की, नेपाल टे«ड युनियन काँग्रेस काठमाडौका अध्यक्ष गणेश भट्टराई, लगायतले मन्तव्य राखेका थिए ।
ट्रेड युनियनकर्मि सूर्य नेपाल र मीरा कुमारी निरौलाद्धारा २ लाखको अक्षयकोष खडा गरि पुरस्कार प्रदान गर्ने गरिएको छ । सो अक्षय कोषमा गत बर्षनै सुजाता कोइरालाले २ लाख थपेर ४ लाखको भएको छ ।
पुरस्कार बितरण समारोहमा नाटक निर्देशक विशाल पोखरेल लगायत अन्य कलाकारहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस पूर्वाञ्चल क्षेत्रिय समितिलाई मायाको चिनो प्रदान गरिएको थियो ।