काठमाडौं, चैत्र ७- आइतवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ १८ पैसा र विक्रि दर २९ रुपैंयाँ ३४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ २४ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ३९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ ।
कुवेती दिनारको खरिददर ३५३ रुपैंया २६ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ ८६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
