मलेसियाले बढायो लेबी, स्थगित शुल्कमा फेरबदल

सुदिप निउरे,चैत ६ , क्वालालम्पुर

मलेसियाले आप्रवासी कामदारको लेबी बढाएको छ ।  बढाईएको लेबी शुल्क  पुर्बि मलेसियाको हकमा (सावा र सार्वाक) भने लागु नहुने स्पष्ट पारीएको छ । केहि दिन अघि मात्र बसेको मन्त्री परिषद बैठकले आप्रवासी कामदारको लेबी तत्काल बृद्धि नगर्ने निर्णय गरे पनि एकाएक फेरि लेबी बढाईएको हो  । 

यसअघि घोषणा गरेकै शुल्कलाई फेरबदल गरी मलेसियाले नया शुल्क निर्धारण गरेको गृहमन्त्रालयका महासचिब दातुक सेरी अल्वी ईब्राहिमलाई उध्रित गर्दै मलेसियन सन्चारमाध्यमले जनाएका छन् । लेबिलाई पहिले जस्तै २ प्रकारले निर्धारण गरिएको छ । उत्पादन र निर्माणका  लागी १ हजार ८ सय ५० आरएम तय गरिएको छ ।  सेवाको लागी यसअघिनै १ हजार ८ सय ५० आरएम लेबि भएकाले सेवा तर्फको लेबि यथावत छ । 

यस्तै कृषि र बगानका लागी ६ सय ४० आरएम निर्धारण गरिएको छ। उत्पादन र निर्माण तर्फ काम गर्नेले यस अघि बार्षिक १ हजार २ सय ५० आरएम तिर्दै आएकोमा ६ सय आरएम थपिएको हो ।  यस्तै कृषि क्षेत्रमा काम गर्नेले    ४  सय सय १० आरएम र बगान क्षेत्रमा काम गर्नेले ५ सय ९०  आरएम लेबि तिर्दै आएकोमा कृषि तर्फ २ सय ३०  आरएम तथा बगान तर्फ ५० आरएम थप तिर्नु पर्ने भएको छ । 

गत फेब्रुवरी १ मा लेवी शुल्क बृद्धि गर्दा ब्यापक बिरोध भएपछि स्थगित भएको थियो । यसअघि उत्पादन निर्माण र सेवाका लागी २ हजार ५ सय आरएम तथा कृषि र बगानका लागी १ हजार ५ सय आरएम लेवी तय गरिएको थियो । यो लेवी शुल्क लागु हुन सकेको थिएन । फेब्रुवरी १ देखि लागु हुने भनि घोषणा गरिएको लेवीको सन्दर्भमा उद्योगी तथा बिभिन्न ब्यबसायी संघका ५५ वटा संगठनले बिरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य बनेको थियो । गत फेब्रुवरी १६ मा पनि बिभिन्न २८ वटा उद्योगी तथा ब्यबसायीहरुको समुहसंग सरकारले बार्ता गरेको हो ।आप्रवासी कामदारका लागी भने आगामी जुलाई देखि मासिक एक हजार रिंगेट न्युनतम पारिश्रमिक लागू गर्ने मलेसियाले यसअघि नै घोषणा गरिसकेको छ । रोजगारीको लागि धेरै कामदार मलेसिया पठाउने देशमा नेपाल पर्दछ । इन्डोनेसियापछि दोस्रो स्थानमा हाल पनि नेपाल छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय