कसैलाई विदेश नपठाउन बैदेशिक रोजगार व्यवसायी संघको अपिल, निर्देशन उल्लंघन गरे कारवाही गर्ने चेतावनी 

काठमाडौं – नेपाल बैदेशिक रोजगार व्यवसायी संघले आफ्ना सदस्यहरुलाई बैदेशिक रोजगार सम्वन्धि कुनै पनि काम नगर्न पुनः अपिल गरेको छ । संघका तर्फबाट महासचिव रोहण गुरुङले विज्ञप्ती जारी गर्दै अटेर गरेर पूर्व स्वीकृति वा अन्तिम स्वीकृृति लिन गएमा कारवाही गरिने चेतावनी दिएका छन् । 

विज्ञप्तीमा यसअघि नै पेश भएका कागजातको अनुमति पत्र संघले नै सम्वन्धित व्यवसायीलाई उपलव्ध गराउने भन्दै बैदेशिक रोजगार विभाग नजान भनिएको छ । फागुन २८ गतेदेखि अर्को सुचना नगरिएसम्म कुनै पनि बैदेशिक रोजगार व्यवसायीलाई बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयमा नजान र आफ्ना प्रतिनिधिहरुलाई नपठाउन संघले आग्रह गरेको छ । 

यसअघि प्रहरीले केहि बैदेशिक रोजगार व्यवसायीलाई पक्राउ गरेर अनावश्यक रुपमा दुःख दिएको भन्दै व्यवसायी आन्दोलनमा छन् । उनीहरुकै शव्दमा भद्र अवज्ञा भनिएको आन्दोलनका क्रममा उनीहरुले गत फागुन २१ देखि पूर्व स्वीकृति र अन्तिम स्वीकृति लिने काम रोकेर बसेका छन् । यसअघि निःशुल्क भिसा र निःशुल्क टिकटको विरोध गर्दै आएका व्यवसायीले सरकारलाई सो निर्णयमा पुनर्विचार गर्न भन्दै दवाव दिंदै आएका छन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय