युएई, नेपाली काङ्रेसमा नयाँ नेतृत्व चयनका लागि भईरहेको चुनावमा युएईबाट गएका जनसम्पर्क समितिका अध्यक्ष चित्रबहादुर केसी रामचन्द्र पौडेलको पक्षमा उभिएका छन् । नेपाली काङ्रेसको जारी महाअधिबेशन अन्तर्गत आइतवार नयाँ नेतृत्वको छनौटको लागि चुनाव भईरहेको छ ।
युएईबाट गएका ७ जना महाधिबेशन प्रतिनिधि मध्ये केसी सहित ३ जना मात्र रामचन्द्र पौडेलको पक्षमा र ४ जना शेरबहादुर देउबाको पक्षमा रहेका छन् । महामन्त्रीमा भने युएईको ७ वटै भोट पौडेल पक्षका शशांक कोइरालालाई जाने सम्भावना रहेको युएईबाट गएका मध्येका एकले बताए ।
