रिंगिट, रियाल, दिरहम र दिनार सवैमा बढ्यो मूल्य   

काठमाडौं, फागुन १६- आइतवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर ३० रुपैंयाँ १२ पैसा र विक्रि दर ३० रुपैंयाँ २८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ २ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया २४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४० रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ४ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ १८ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ । 

कुवेती दिनारको खरिददर ३६४ रुपैंया ७४ पैसा छ । बहराइन दिनारको खरिददर २९० रुपैंयाँ ९६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय