सुरक्षित आप्रवासन आपतकालिन कोष बनाउन राजनीतिक दलहरु सहमत 

धनुषा- धनुषका राजनीतिक दलहरु तथा जिल्ला विकास समितिले बैदेशिक रोजागारका पीडित र उनीहरुका परिवारलाई सहयोग गर्न सुरक्षित आप्रवासन आपतकालिन कोष बनाउने प्रतिवद्धता जनाएका छन् । धनुषामा आयोजित एक छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र धनुषाका स्थानीय विकास अधिकारीले बैदेशिक रोजागरीका क्रममा समस्यामा परे पनि क्षतिपूर्ति नपाउनेहरुको संख्या धेरै रहेकोले उनीहरुलाई सो कोषबाट सहयोग गर्न सकिने बताएका हुन् । 

देशभरीमा सवैभन्दा धेरै व्यक्ति धनुषा जिल्लाबाट रोजगारीका लागि विदेशीने गरेको भएपनि उनीहरु समस्यामा पर्दा कतिपयले सहयोग नपाउने अवस्था रहेको भन्दै सहयोग गर्न त्यस्तो कोष आवश्यक रहेको स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले छलफलमा बताएका थिए । स्थानीय विकास अधिकारी उप्रेतीले कोष स्थापनाका लागि आगामी जिल्ला परिषदमा लैजान सकिने प्रस्ताव गरेपछि त्यसलाई परिषदबाट पारित गराउने प्रतिवद्धता छलफलमा उपस्थीत सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुले जनाएका हुन् । सो छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, तमलोपा, नेपाल सद्भावना पार्टी, फोरम गणतान्त्रीक लगायत जिल्लामा कृयाशिल प्रायः सम्पूर्ण दलका प्रतिनिधिहरु सहभागि थिए । 

सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत संस्था मित्र धनुषाद्धारा आयोजना गरिएको सो छलफलमा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई सुचनाको पहुँचमा पुर्याउन अनिवार्य रुपमा राहदानीका लागि फारम भर्दा नै सुचना प्राप्त गरेको ग्यारेन्टी हुने व्यवस्था गराउन जिल्ला प्रशासन कार्यलयसँग पहल गर्ने जनाएका थिए । 

सो अवशरमा सुुरक्षित आप्रवासन परियोजना(सामी) अन्तर्गत धनुषा जिल्लामा भइरहेका कृयाकलापका बारेमा सामीका कार्यक्रम अधिकृत विजय ठाकुर, जिल्ला परियोजना संयोजक देवनारायण मण्डलले प्रकाश पारेका थिए । जिल्ला परियोजना संयोजक मण्डलले नेपालमा वैदेशिक रोजगारको अवस्था र त्यसले पारेको प्रभाव, समस्या तथा चुनौतीका बारेमा प्रष्ट पारेका थिए । यसैगरी धनुषा जिल्लाको वैदेशिक रोजगारी सम्बन्धि स्थिती विश्लेषण, धनुषा जिल्लामा सामी परियोजना अन्तर्गत मित्र धनुषाले सूचना तथा परामर्श केन्द्र मार्फत एक वर्षभित्र गरेका कृयाकलाप र त्यसको उपलब्धीहरुको वारेमा परियोजना संयोजक रामकुमार कर्णले जानकारी गराएका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय