दुवई- ग्यास र पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै युएई लगायतका खाडीका देशमा रोजगारीको अवशर खुम्चिंदै गएको छ । यसले यी देशमा रोजगारीको खोजिमा रहेकाहरुलाई निराश बनाउन सक्छ । तर यहि हप्ता सार्वजनिक एक तथ्याँकले फरक अवस्था देखाएको छ । 

गत जनवरी महिनामा युएईमा अघिल्लो बर्षको तुलनामा ४५ प्रतिशत बढी कामदारको माग भएको देखिएको छ । अनलाइनहरु मार्फत गरिएको विज्ञापनलाई आधार बनाएर यो तथ्य निकालिएको समाचार गल्फ न्यूजले खवर लेखेको छ । मंगलवार सार्वजनिक गरिएको सो रिपोर्ट अनुसार भवन निर्माण तथा ग्यास लगायतको मूल्यमा आएको गिरावटका वावजुद युएईमा कामदारको माग बढेको देखिएको हो । 

रिपोर्ट अनुसार युएईमा गार्मेन्ट, टेक्सटाइल, ज्वेलरी लगायतका क्षेत्रमा कामदारको माग उच्च भएको छ । यी क्षेत्रमा गत बर्षको जनवरी भन्दा यसबर्षको जनवरीमा ५४ प्रतिशत बढी कामदार माग भएको छ । 

यसैगरी युएईका अस्पताल तथा क्लीनिकहरुमा पनि कामदारको माग ५३ प्रतिशत बढेको देखिएको समाचारमा उल्लेख छ । यसैगरी व्यवसायीक क्षेत्रमा पनि ४० प्रतिशत रोजगारी बृद्धि भएको रिपोर्टमा उल्लेख छ । तर ग्यास उद्योगमा भनें रोजगारी केहि घटेको देखिएको छ । सो क्षेत्रमा गत बर्षभन्दा १३ प्रतिशत रोजगारी कम भएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय