साउदी र लेवननसँग छिट्टै सम्झौता हुनेः पण्डित

काठमाडौ, फागुन ३ 

बैदेशिक रोजगारलाई उपलव्धीमूलक बनाउनका लागि बैदेशिक रोजगारका बिद्यमान कानुनी व्यबस्थालाई कामदारमैत्री बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बैदेशिक रोजगारबाट फर्केर आएका कामदारहरुको संस्था पौरखी नेपालले मंगलबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रमका बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

मुलुकमा उत्पन्न नयाँ परिस्थिति र बैदेशिक रोजगारका चुनौतिलाई बेदेशिक रोजगार ऐन, २०६४ ले थेग्न नसक्ने भन्दै अधिवक्ता शम्भू निरौलाले बिधि र प्रविधिलाई संयोजन गर्ने नीति र कानुनी व्यवस्था आवश्यक भएको बताए । उनले बैदेशिक रोजगारका बिद्यमान संरचनाहरु काम नलाग्ने अवस्थामा पुगेको हुँदा भर्ना प्रक्रिया देखि कल्याणकारी योजनासम्म पुनर्सरचना गर्नु पर्ने धारणा राखेका थिए ।

बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले बैदेशिक रोजगार व्यवशायलाई मर्यादित बनाउन एजेन्टको व्यवस्था खारेज गर्नु पर्ने माग गरे । तर बैदेशिक रोजगार व्यवशायीले शाखा कर्यालय राख्न अवरोध हुन नहुने उनको शर्त थियो । बैदेशिक रोजगारमा नेपाली कामदारलाई न्युनतम लागतमा पठाउन आफूहरु तयार रहेको तर यसबाट कामदारको माग ल्याउन कठिनाई पर्ने गुरुङले बताए ।

बैदेशिक रोजगार विभागका निर्देशक मधुविलास पण्डितले पनि नयाँ संविधान आए पछि पुराना ऐनहरु बिस्थापन गर्न लागि रहेको जानकारी दिदै सरकारले नयाँ ऐनका बिषयमा छलफल प्रारम्भ गरेको जानकारी दिए । महिला घरेलु कामदारका सम्बन्धमा लेबनान र साउदीसंग छिट्टै द्धिपक्षीय सम्झौता हुने बिश्वास व्यक्त गर्दै निर्देशक पण्डितले नयाँ नीति बनाउँदा बिगतका कमी कमजोरीबाट पाठ सिक्न सकिने बताए ।

परराष्ट मन्त्रालयका उप निर्देशक हरिश्चन्द्र घिमिरेले नेपाली कामदारलाई बिदेश पठाउदा भर्ना प्रक्रियामा सरल र सहज हुने र नियमन गर्न सकिने कानुनी व्यबस्था हुनु पर्ने औल्याए । पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङको मन्तव्यबाट सुरु भएको कार्यक्रममको सहजीकरण अधिवक्ता बिष्णु खत्रीले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय