मलेसियामा बंगलादेशले १५ लाख कामदार पठाउने

सुदिप निउरे, क्वालालम्पुर

मलेसियाले माग गरेको १५ लाख कामदारको प्रस्ताबित मस्यौदा बंगलादेशले पारीत छ । प्रधानमन्त्रि शेख हसिनाको अध्यक्षतामा बसेको बैठकले मस्यौदा पारीत गरेको मन्त्रीपरिषदका सचिब मोहमद शफिउल आलमलाई उध्रित गर्दै मलेसियन संचारमाध्यमले जनाएका छन् । साथै बैठकले कामदार पठाउदा लाग्ने खर्च (निर्बासन् लागत् ) बढीमा १ हजार ९ सय ८५ आरएम रोजगारदाता कम्पनीले नै ब्यहोर्नु  पर्ने निर्णय गरेको सचिब आलमले बताए । यस्लाइ नेपाली रुपैयासँग तुलना गर्दा  लगभग् अहिलेको  सटही दर अनुसार ५१ हजार ६ सय हुन आउछ । यसबारे  मलेसियाले कुनै प्रतिक्रिया दिएको छैन । 

यसबाहेक बंगादेशी कामदारको प्रतिब्यक्ति  कुल लागत बारेमा केहि खुलाइएको छैन । अबको एक महिनाभित्र यी दुई देशबिच सहमतीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।  

मलेसिया आएका आप्रबासी कामदार मध्य सबैभन्दा बढि लागत बुझाउनेमा बंगलादेशी पर्ने गर्दछन् । बंगलादेश सरकारले आफनै मातहत अर्थात जिटुजी (सरकार सरकारबिच) सिस्टम अन्र्तगतकै ब्यबस्थापनमा निजी कम्पनीहरु मार्फत कामदार मलेसिया पठाउने भएको हो । पारीत मस्यौदाले बंगलादेशी महिला कामदारका लागी पनि मलेसिया खुल्ला गरिदिएको छ । 

आगामी सन २०१८ भित्रमा १५ लाख कामदार मलेसिया पठाउने बंगलादेशद्धारा पारीत मस्यौदामा उल्लेख छ । हरेक बर्ष ५ लाख बंगलादेशी कामदार मलेसिया आउने छन् ।  यहांको सरकारले आप्रवासी कामदारका लागी खुल्ला गरिदिएका सबै क्षेत्रमा उनीहरुले काम गर्ने जनाईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय