सोमवार कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, माघ २५- सोमवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ६४ पैसा र विक्रि दर २९ रुपैंयाँ ८१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ३९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ५५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ७८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९४ रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २५ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ । 

कुवेती दिनारको खरिददर ३५९ रुपैंया ५३ पैसा छ । बहराइन दिनारको खरिददर २८६ रुपैंयाँ २२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: