जर्जियाबाट फर्काइए पाँचजना नेपाली 

काठमाडौं- चर्को रकम तिरेर जर्जिया हुँदै अमेरिका छिर्न खोज्जे पाँच नेपालीलाई जर्जिया अध्यागमनले फर्काइदिएको छ । उनीहरू नेपाली र भारतीय दलालबाट ठगिएका छन् । नयाँदिल्ली हुँदै अमरिका छिर्न माघ १८ गते जर्जिया उडेका मुस्ताङका सुनील गुरुङ, रूपन्देहीका राकेश कार्की र दिलबहादुर सार्की, कास्कीका असिन भट्टराई र बागलुङका अमृतकुमार कँडेल अध्यागमन विभागको हिरासतमा छन् । 

उनीहरूलाई पोखराकी केशवकुमारी भट्टराई, विष्णु गहतराज र निराज भन्ने व्यक्तिले जर्जिया पठाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिएका थिए । उनीहरूले नयाँदिल्लीमा भारतीय दलालको सहयोगमा सेटिङ गरेका थिए । दलालले नै केही दिन जर्जियामा राखेर उनीहरूलाई अमेरिका उडाउने तयारी गरेका थिए ।

जर्जियामा केही दिनका लागि खानेबस्ने बन्दोबस्ती दलालले नै मिलाएको स्रोतले बताएको छ । रुस हुँदै युरोप छिर्न खोज्ने अन्य चारजना नेपालीलाई पनि मस्को अध्यागमनले आइतबार फर्काइदिएको छ । उनीहरू पनि नयाँदिल्लीबाट मस्को हुँदै युरोप छिर्ने प्रयत्नमा थिए । उनीहरूलाई अध्यागमन विभागको हिरासतमा राखिएको छ ।

जर्जिया हुँदै अमेरिका छिर्ने प्रलोभनमा परेका पाँचजनालाई जर्जियाको अध्यागमनले शंकास्पद भिसा भन्दै फर्काइदिएपछि उनीहरू ठगिएको खुलासा भएको हो । अध्यागमन विभागले केशवकुमारीलाई पक्राउ गरेको छ भने अन्य दुई फरार छन् ।दलालले उनीहरूलाई नयाँदिल्लीस्थित जर्जिया दूतावासबाट भिसा लगाइदिएको बताएका थिए । तर जर्जिया अध्यागमनले उनीहरूको भिसा शंकास्पद भन्दै फिर्ता गरिदिएको छ । 

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको बताए । उनले अन्नपूर्णसँग भने, ‘जर्जिया पठाउन संलग्न एक महिलालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’

उनीहरूलाई जर्जिया पठाउने गिरोह नयाँदिल्ली र काठमाडौंमा सक्रिय छन् । आफूले पठाएका व्यक्तिलाई फर्काएको थाहा पाएर उनीहरूलाई भेट्न अध्यामगन विभाग पुगेकी दलालमध्येकी एक केशवकुमारी भट्टराईलाई समेत अध्यागमनले पक्राउ गरेको छ ।

जर्जिया अध्यागमनले फर्काएका ती युवाको बयानपछि केशवकुमारीलाई समेत हिरासतमा राखेको हो । केशवकुमारीले १२ लाखका दरले केही व्यक्तिबाट रकम उठाएकी थिइन् । काठमाडौंबाट जर्जिया जान असम्भव देखेपछि दलालले स्थल मार्गबाट भारत गएर त्यहाँबाट उडाउने सेटिङ गरेका थिए । जर्जियाको अध्यागमनले उनीहरूलाई तीन दिन हिरासतमा राखेर सोधखोज गरेको थियो । उनीहरूले जर्जिया जानुको उद्देश्यबारे अध्यागमन अधिकारीलाई स्पष्ट पार्न सकेका छैनन् ।

अन्नपुर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: