व्यवस्थापकका दृष्टिकोणबाट के हुन् युएईमा टाउकोे दुखाउने १० वटा काम ? 

दुवई- तपाई युएईमा कार्यरत हुनुहुन्छ र आफ्नो कामले तपाईको टाउको दुखाइरहेको छ ? हो भनें तपाई एक्लो हुनुहुन्न । युएईमा धेरैलाई कतिपय कामले टाउको दुखाइरहेको हुन्छ । 

युएईमा हालै गरिएको एक सर्वेक्षणले निर्माण क्षेत्रको काम सवैभन्दा टाउको दुखाइको भएको देखिएको छ । सर्वेक्षणका उत्तरदाता मध्ये ३० प्रतिशतले निर्माण क्षेत्रको काम सवैभन्दा हैरानको भएको बताएका छन् । 

बैंक, फाइनान्स तथा तेल तथा ग्यासको क्षेत्रको काम समेत कामदारका लागि चिन्ता थप्नेखालको भएको गल्फन्यूजले समाचार लेखेको छ । तर निर्माण क्षेत्रका कामदारले भनें हरेक दिन लामो समय काम गर्नुपर्ने गरेका कारण त्यसलाई खराव कामको दर्जामा नै राखेका छन् । 

१० टाउको दुखाउने कामहरु 

१ निर्माण क्षेत्र

२ बैंक तथा फाइनान्स 

३. तेल तथा ग्यास

४. आइटी, टेलिकम्यूनिकेशन

५. घरजग्गाको व्यापार

६. सेवा क्षेत्र तथा पर्यटन

७. खुद्रा व्यापार

८. विज्ञापन तथा सञ्चार माध्यम सञ्चालन 

९. हवाई कम्पनी

१०. व्यवस्थापन परामर्श 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय