कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, माघ २४- आइतवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ६६ पैसा र विक्रि दर २९ रुपैंयाँ ८३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ५७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९६ रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ९८ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ १२ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २५ रुपैंयाँ माथि छ । धेरै नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्रा मलेसियन रिंगिटको मूल्यमा आएको गिरावटले नेपाली कामदार र उनीहरुका परिवारलाई चिन्तित बनाएको छ । 

कुवेती दिनारको खरिददर ३५९ रुपैंया ९ पैसा छ । बहराइन दिनारको खरिददर २८६ रुपैंयाँ ३९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: