जापान – बाग्लुङ जिल्ला निशी गाविस वार्ड नं ३ निवासी २५ वर्षीय युवक खिमलाल जैसी यतीबेला मुटु रोगबाट ग्रसीत छन् । मुटुको भल्भमा प्वाल परेपछी उनको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको छ। लामो समयदेखि गंगलाल हृदयकेन्द्र बाँसबारी काठमाडौमा उपचार गराईरहेका जैसी गाँउको अत्यन्तै सामान्य परिवारमा जन्मिएका हुन् । सम्पतीको नाममा सानो झुपडी बाहेक केही नभएका कारण आर्थिक समस्यामा परेको भन्दै उनका छिमेकी हेम सापकोटाले फेसबुकबाट अपिल गरेका छन् । 

त्यस्तै चिनजान कै भरमा कांग्रेस युवा नेता धनराज गुरुङ र बाग्लुङ ३ बाट २०६४ मा निर्वाचीत सभासद् नेपाली कांग्रेस बाग्लुङका नेता नर बहादुर पुन “निरज” लाई पनि सहयोगको लागि आग्रह गरिएको थियो। 

दुबै जना नेता हस्पिटल पुगेर बिरामीलाई केही नगद सहयोग गरी हस्पिटलमा डाक्टरलाई आग्रह गरी लाग्ने खर्चमा ४० प्रतिशत जती छुट गराईदिएका थिए भने फेसबुकबाटै कांग्रेस नेता गुरुङ्ले खिमलाल जैसीलाई बचाउन सहयोगको अपिल समेत गरेका थिए । 

बिरामीलाई माघ ११ गते नै अप्रेसनको लागि भर्ना गरिएको उनका सहयोगी हेम सापकोटाले बताएका छन् । उनलाई डिस्चार्ज गर्ने बेलासम्म खर्च अझै ५ देखि ६ लाखसम्म लाग्न सक्ने भन्दै हेम सापकोटाले सहयोगको लागि अपिल गरेका छन् । 

सो अपिल पछि ‘खिमलाल जैसीलाई बचाँउ सेवा नै धर्म हो’ भन्दै जापानमा कार्यरत बाग्लुङका यदुराम सापकोटाले फेसबुक मार्फत सहयोगको पहल गरेका छन्। अहिलेसम्म फेसबुकबाटै अभियान सञ्चालन गरी १२ हजार  जापानी येन बराबरको प्रतिवद्दता आईसकेको र प्रतिवद्दता मध्ये आधा भन्दा बढी रकम जम्मा भैसकेको यदुराम सापकोटाले बताएका छन्। अझै पनि सहयोगको क्रम जारी रहेकाले सहयोग राशी बढ्न सक्ने बिश्वास उनले गरेका छन् । 

प्रतिवद्दता अनुसारको रकम छिटोभन्दा छिटो जम्मा गरेर पिडीत समक्ष पुर्याउने भन्दै कोही कसैले रकम जम्मा गर्न छुट्नुभएको भए रकम उपलव्ध गराइदिन अनुरोध गर्दै संकलित सम्पूर्ण रकमको हिसावकिताव सार्वजनिक गर्ने सापकोटाले प्रतिवद्धता जनाएका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय