
काठमाडौं- दक्षिण अफ्रिकाको पल पिटर्सबर्गमा अलपत्र परेका ताप्लेजुंगका नैन कुमार साँवा लिम्बु काठमाडौँ फिर्ता भएका छन । उनी डर्बान विमानस्थलबाट दोहा हुदै काठमाडौँ उडेका हुन् । उनको फिर्ती प्रक्रियाका लागि परिवारसंग संयोजन गरि रहेका गैर आबसिय नेपाली संघ, मदागास्करका सहसचिब रमेश राईले सो जानकारी दिए ।
गैर आबसिय नेपाली संघको अनुरोधमा प्रिटोरिया स्थित नेपाल दुतावासले उनको फिर्तीका लागि आवश्यक प्रक्रिया मिलाएको थियो । एनआरएनएका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापा र अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीले उनको घरफिर्तीका लागि आवश्यक चासो राखी सहयोग गरेकोमा दक्षिण अफ्रिका स्थित नेपाल दुतावासलाई हार्दिक आभार ब्यक्त गरेका छन । लिम्बु छ महिना अघि गैर कानुनी रुपमा काम गर्न दलाल मार्फत साउथ अफ्रीका पुगेका थिए ।