गीतबाट सुरक्षित बैदेशिक रोजगार बारे जनचेतना फैलाउँदै गन्धर्व 

रामेछाप, माघ ११- सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि जनचेतनामूलक सन्देश समेटिएको गन्धर्व गीति कार्यक्रम रामेछापमा सुरु भएको छ । आज रामेछापको दुई स्थानमा कार्यक्रम आयोजना गरी एक महिना लामो अभियान सुरु गरिएको हो । 

सुरक्षित आप्रवासन परियोजना(सामी) सँगको साझेदारीमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले दुई बर्षयता गन्धर्व गीति कार्यक्रम रामेछाप जिल्लाका विभिन्न गाउँ विकास समितिहरुमा आयोजना गर्दै आएको छ । 

यस बर्ष रामेछापका २२ गाविसमा कार्यक्रम आयोजना गरिने जनशक्ति विकास कार्यक्रम गोल्माटारका सामी परियोजना कार्यक्रम अधिकृत सागर विक्रम बस्नेतले जानकारी दिए । भोजपुरको जरायोटारका दुईजना गन्धर्वहरुले सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि चेतनामूलक गीत गाउने सो अभियान गत बर्ष रामेछाप जिल्लाका २० वटा गाउँ विकास समितिहरुमा सम्पन्न भएको थियो । गत बर्ष गाउँमा सो अभियान निक्कै लोकप्रिय भएका कारण यसबर्र्ष पनि अभियान सञ्चालन गरिएको बस्नेतले बताए । 

गीति सन्देशमा बैदेशिक रोजगारमा जाने क्रममा सुचना लिएर मात्र जान, सीप सिकेर मात्र जान आग्रह गरिएको छ । यसैगरी विदेश जाने क्रममा कुनै अप्ठ्यारोमा परेमा सुचना केन्द्रबाट पाउन सकिने सहयोगका बारेमा पनि जानकारी समेटिएको छ । 

तस्वीरः जीवन श्रेष्ठ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय