जीउज्यान खतरामा परे यो नम्वरमा फोन गर्नुः दुतावास

सुदिप निउरे , क्वालालम्पुर

मलेसियास्थित नेपाली राजदुतावासले २४ घण्टे हटलाईन मोवाईल सेवा शुरु गरेको छ । यहाँ कार्यरत नेपालीले आफ्नो ज्यूज्यानमाथी खतरा आईपरेको खण्डमा यो हटलाईन मोवाईल सेवा प्रयोग गर्न सक्ने छन । आपतकालीन अबस्था आईलागे ०१६२४७२७७७ मा फोन गरि जानकारी दिन सकिने राजदुतावासद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ । गम्भिर समस्यामा परेकाले जुनसुकै बेला पनि यस मोवाईल नम्बरमा फोन गर्न सक्नेछन् । 

प्राप्त जानकारीका आधारमा उद्धार कार्य अगाडी बढाईने यहांस्थित नेपाली राजदुतावासले स्पष्ट पारेको छ । मदिरा सेवन गरि हटलाईन मोवाईल सेवाबाट जथाभाबी बोल्ने, गाली गलौज गर्ने या फोनको दुरुपयोग गर्नेलाई भने कारवाही हुनेछ । उपलब्ध हटलाईन मोवाईल सेवाको सहि सदुपयोग गर्न राजदुतावासले सबैमा आग्रह गरेको छ । 

कार्यालय समयमा सम्पर्क गर्नका लागि अन्य दुईवटा ल्याण्डलाईन नम्बर पनि खुल्ला गरिएका छन् । राहदानी, ट्राभल डकुमेन्ट र अन्य जानकारीका लागि कार्यालय समय भित्र ०३ २०२० १८९८ वा ०३ २०२० १८९९ मा फोन गरि सेवा लिन सकिने छ । राजदुतावासको कार्यालय शनिवार र आईतवार बन्द रहने गर्छ । अन्य बार बिहान ९ बजे देखी सांझ ५ बजे सम्म कार्यालय खुल्ला रहन्छ । 

समस्यामा परेका बेला फोन गर्दा फोन नउठ्ने ब्यापक जनगुनासो बढेपछि राजदतावासले  हटलाईन मोवाईल सहित २ वटा ल्याण्डलाईन फोनबाट समस्या तथा गुनासा सुन्न तयार भएको हो । मलेसियामा अहिले  ७ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय