एक नेपाली मृत भेटिए, हत्याको आशंका  

मलेसिया, पुष २८ 

मलेसियाको काम्पुंग साँगुई लेकोकमा एक नेपाली केरा खेती भएको ठाउँमा मृत भेटिएका छन् । उनको घाँटीमा गहिरो चोट लागेको मलेसियाको अनलाइन द सनले समाचार लेखेको छ । सो क्षेत्रका प्रहरी प्रमुख अजिज ईस्माइलका अनुसार मृत्यु भएका व्यक्ति अन्दाजी २० बर्षका छन् । उनको मृत्यु आइतवार नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

प्रहरीका अनुसार ति व्यक्तिले चार महिना अगाडी मात्र सो ठाउँमा काम गर्न थालेका थिए । उनका बारेमा पहिचान गर्नसक्ने थप कागजपत्र नभेटिएको समाचारमा जनाइएको छ । ति व्यक्ति बसेको होस्टलबाट दुईजना व्यक्ति पनि बेपत्ता छन् । उनीहरु घटनामा संलग्न हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका बारेमा अन्य दुईजना नेपालीले प्रहरीलाई खवर गरेका थिए । उनीहरुले प्रहरीमा जाहेरी पनि दिएका छन् । शवलाई स्थानीय अस्पताल पठाइएको प्रहरीले बताएको छ । 

यो पनि पढ्नुहोस्

खाडीमा कडा नियम ल्याईंदै 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय