बैदेशिक रोजगार विभाग र बोर्डका प्रमुखहरु मलेसिया जाँदै 

काठमाडौं, पुष २८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूसँगै वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रमुखहरू मंगलबार मलेसिया भ्रमणमा जाँदै छन् । अख्तियारका सहसचिव जीवनप्रकाश सिटौलासहित चारजना र विभागका महानिर्देशक केदारबहादुर बोगटी र बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले मलेसिया जान लागेका हुन् ।

अख्तियार र मलेसियाको एन्टी करप्सन कमिसनबीच समझदारी (एमओयु) गर्ने तयारी भइरहेको छ । अख्तियारले करिब ६ लाख नेपाली कार्यरत रहेको मलेसियामा नेपाली कामदारले भोगेका समस्या बुझ्न विभाग र बोर्डका प्रमुखहरूलाई लैजान लागेको हो ।

श्रमिकका समस्या बुझ्न विभाग र बोर्डका प्रमुखहरू जान लाग्नु भएको हो,’ अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले भने समस्या बुझेर समाधानका लागि त्यहाँका कर्मचारी र सरकारसँग छलफल हुन्छ । मलेसियामा यसअघि पनि श्रम, परराष्ट्र सभासद, मन्त्रीसहितका विभिन्न टोलीहरू पटक पटक गएर अध्ययन गरिसकेका छन् । अहिले फेरि मलेसियामा अध्ययन गर्न अर्को टोली जान लागेको हो ।

अख्तियारले मंसिर १० मा विभाग, बोर्ड,  श्रम र परराष्ट्र मन्त्रालयसहितको उपस्थितिमा आयोजना गरेको पत्रकार सम्मेलनमा वैदेशिक रोजगारको क्षेत्रमा बेथिति बढेको भन्दै त्यसलाई सुधार गर्न कडा कदम चाल्ने बताएको थियो । अख्तियारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष संयन्त्र’ बनाएर काम गरेको त्यतिबेलै सार्वजनिक गरेको थियो ।

कतार, मलेसिया र सिंगापुरमा गरेको अध्ययन भ्रमणको प्रतिवेदन पनि अख्तियारले त्यति बेला सार्वजनिक गरेको थियो । अख्तियारका अधिकारीहरूले सरोकार निकायहरूलाई कार्ययोजना सहितको सुझाव दिएका छौं र त्यो लागू नभए भ्रष्टाचार वा अनियमित भयो भनेर भोलिदेखि कारबाही गर्छौं’ भनेर त्यतैबेलै भनेको थियो ।

विभागका कर्मचारी तथा म्यानपावरविरुद्ध अख्तियारमा उजुरी बढदै गएको स्वयं अख्तियारले नै बताएको छ । म्यानपावर कम्पनीसँग सेटिङ गरेर घूस खाएको भन्दै विभाग र अध्यागनका केही कर्मचारीहरू अख्तियारमा बयान खेपिरहेका छन् ।

बोर्डमा कामदारले जम्मा गरेको कल्याणकारी कोषको रकममा भ्रष्टाचार र अनियमितता भएको उजुरी तथा गुनासो बढेपछि अख्तियारले अधिकांश फाइलहरू लगेर दुई महिनादेखि अध्ययन गरिरहेको छ । बोर्डकै रकमबाट ५० लाख रुपैयाँ झिकेर ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालय बनाउनसमेत खर्च भएको छ ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: