युएईमा कुन खालको भिसालाई कति रकम तिर्नुपर्छ ? 

काठमाडौं, पुष २७ 

हालै पर्यटक भिसाबाट समेत सहजै काम गर्ने भिषामा रुपान्तरण गर्न पाइने घोषणा गरेको युएईमा कुन भिसाको कति रकम सरकारी निकायलाई तिर्नुपर्छ भन्ने कौतुहलता बढेको छ । युएईको नयाँ घोषणासँगै पर्यटक भिसामा युएई प्रवेश गरी रोजगारी खोजेर भिसा परिवर्तन गर्न पाइने भएपछि यसमा धेरैको चासो बढेको हो । तर यो अवस्थामा श्रोत मुलुकबाट जाँदा गरिने श्रम स्वीकृति, बीमा, काल्याणकारी कोषमा रकम नतिरी गएका व्यक्तिलाई त्यहाँ कुनै भवितव्य परेमा भनें समस्या हुनसक्छ । 

यी विषयमा नेपाली कामदार स्वयं सचेत रहनु पर्ने देखिए पनि युएईले भनें सरकारी घोषणा पछि यसमा ठूलो चासो बढेको बताएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार भनें पर्यटक भिसामा युएई प्रवेश गरेका व्यक्तिले आवश्यक कागजात सहित तोकिएको शुल्क बुझाएर सहज रुपमा भिसा परिवर्तन गर्न सक्नेछन् । 

गल्फ न्यूजका अनुसार हाल युएईको तोकिएको भिसा शुल्क निम्न अनुसार रहेको छ : 

ट्रान्जिट भिसा १६५ दिरहम(नेरुमा परिवर्तन गर्न सरदर २८ ले गुणन गर्नुहोस्) 

३० दिनको छोटो समयको भिसा ३७० दिरहम

९० दिनको लामो समयको भिसा ७०० दिरहम

पर्यटक भिसा ट्राभल एजेन्सीहरुमा आधारित 

काम गर्नेगरी दुई बर्षका लागि ईन्ट्री परमिट ३५० दिरहम

ईन्ट्री परमिट रेजिडेन्सी दुई बर्षका लागि २५० दिरहम 

यो पनि पढ्नुहोस् 

युएईमा भिसामा नयाँ व्यवस्था

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: