कुवेतमा खुल्यो आममाफी 

कुवेत, पुष २७ गैर कानूनी रुपमा रहेका बसिरहेका आप्रवासि कामदारलाई आममाफीको घोषणा कुवेतमा आईतवार घोषणा गरिएको छ । यो घोषणा पश्चात कागजातविहिन रुपमा बसिरहेका कामदारले स्वदेश फर्किन पाउने वा बैधानिक भएर बस्न पाउने छन् । यसरी घर फर्किन चाहनेहरु कालोसूचीमा पनि नपर्ने कुवेती अधिकारीहरुले जनाएका छन् । यसो हुँदा उनीहरु पुन कुवेत फर्कन पाउने छन । 

आइतवारदेखि नै लागु हुने गरी गरिएको घोषणामा ठुला ठुला मुद्धाहरु र अपराधमा संलग्न बाहेकका हकमा सवै व्यक्तिले जरिवाना तिरेर कानूनी मान्यता दिलाउन सक्ने छन । प्राप्त सूचनामा कुवेती नागरिकको सुरक्षाका हिसावले यहाँ स्थित ६ वटै प्रान्तिय सरकारी शाखाहरुमा प्रहरीद्धारा छापा मार्ने क्रमलाई भने निरतरता दिईने छ ।

आममाफी कति महिनाका लागि खुलेको हो भन्ने अझै स्पष्ट सूचना आईसकेको छैन । सरकारले सवै सरोकारवाला कार्यालयहरुलाई आममाफी(एम्नेष्टि)मा कानूनी प्रक्रिया पुरा गर्न गर्नु पर्ने कार्य गर्न आदेश भइसकेको जनाएको छ । समाचार अनुसार हालसम्म पक्राउ पर्नेहरुका हकमा उनीहरु पुनः फर्कन सक्ने छैनन र आफ्नो आवासिय भिषालाई पुन कायम गर्न पनि सक्ने छैनन । 

नेपालकुवेत डटकमबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: