साउदीमा युवती भगाउने मुख्य कारण फेसबुक !

मक्का, पुष २७- मक्का क्षोत्रमा हालै गरिएको एक अध्ध्यन अन’सार साउदीमा घर छोडेर भाग्ने युवती मध्ये ९६ प्रतिशत भन्दा धेरै साउदीका नागरिक रहेका छन् । यसैगरी झण्डै चार प्रतिशत भनें साउदी बाहेकका युवती रहेको अरव न्यूजले समाचार लेखेको छ । 

यसरी घर छोडेर भागेका युवती मध्ये ५२ प्रतिशत विश्वविद्यालय तहको अध्ययन गरिरहेका, ३६ प्रतिशत विद्यालय तहको उच्च तहमा रहेका र बाँकी माध्यमिक तहको अध्ययन गरिरहेका छन् । भाग्ने मध्ये ५४ प्रतिशत १७ देखि २१ बर्ष बीचको रहेका छन् । झण्डै २५ प्रतिशत २२ देखि २६ बर्ष बीचका तथा १५ प्रतिशत १६ बर्ष मुनिका छन् भनें ५ प्रतिशत २७ बर्ष माथिका छन् । 

उम्म अल कुरा विश्वविद्यालयले गरेको सो अध्ययनमा भागेका मध्ये ८६ प्रतिशत अविवाहित छन् । १० प्रतिशत विवाहित र १ प्रतिशत भन्दा कम विधुवा रहेका छन् । 

अध्ययनले यसरी युवतीहरु घर छोडेर भाग्नुको मुख्य कारण फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जलको प्रयोग रहेको देखाइएको छ । यसैगरी गलत साथिको संगत, स्वतन्त्रताको गलत बुझाई, श्रीमान्द्धारा गरिने दुव्र्यवहार रहेको उल्लेख छ । 

मक्का क्षेत्रका एक सरकारी अधिकारीले हरेक बालबालिकालाई सुरक्षित ढंगले हुर्काउनु पर्ने बताएका छन् । उनले बाल्यकालमा असुरक्षित महशुश गर्ने बालिकाहरु नै युवा अवस्थामा घर छोडेर भाग्ने बताएका छन् । साउदीमा महिला माथि चरम अन्याय हुने गरेको भन्दै आलोचना हुने गरेको छ । यहि बर्षदेखि महिलालाई मताधिकार दिएको साउदीमा महिलालाई यहाँ हुने सवै प्रकारका सार्वजनिक कार्यक्रमहरुमा सहभागि हुन समेत बन्देज छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय